.

देशभर विवाह पञ्चमी पर्व  श्रीरामचन्द्र र सीताको पूजा आराधनासहित मनाइँदै

देशभर विवाह पञ्चमी पर्व श्रीरामचन्द्र र सीताको पूजा आराधनासहित मनाइँदै

., स्थानीय
काठमाडौँ। प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज देशभर श्रीरामचन्द्र र सीताको पूजा आराधनासहित प्रतीकात्मक रूपमा विवाह गरिदिएर मनाइँदैछ । त्रेतायुगमा आज अर्थात् मार्गशीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज देशभर राम–सीताको पूजा आराधना गरी यो पर्व मनाउन लागिएको हो । मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान् सीता र रामको विवाह महोत्सव आज विधिपूर्वक हुँदैछ । गोस्वामी तुलसीदासले रामायणमा वर्णन गर्नुभएअनुसार जनकनन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यस पर्वलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन् । त्रेतायुगमा मिथिलाका राजा जनकले आफ्नी छोरी सीताको स्वयंवरका लागि राखिएको शिवधनुषलाई अयोध्याका राजा दशरथका जेठा छोरा रामले तीन टुक्रा पार्नुभयो । शिवधनुषलाई भाँचेपछि मार्गशीर्ष शुक्ल पञ्चमीका दिन राम र सीताको भव्य समारोहबीच वि...
बालश्रममा परेका बालबालिकाको उद्धार र रेखदेखमा जुट्दै  एस्थर बेन्जामिन्स मेमोरियल फाउन्डेसन

बालश्रममा परेका बालबालिकाको उद्धार र रेखदेखमा जुट्दै एस्थर बेन्जामिन्स मेमोरियल फाउन्डेसन

.
काठमाडौँ, सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि सिन्धुपाल्चोकका १३ वर्षीय कवीन्द्र तामाङ (नाम परिवर्तन)लाई मयुर यातायातको बसबाट काठमाडौँ महानगरपालिकाले उद्धार गरिएको थियो । महानगरले बसमा सहचालकको काम गर्दै आएका कवीन्द्रलाई उद्धारपछि घर फर्काउन खोज्दा नमानेपछि एस्थर बेन्जामिन्स मेमोरियल फाउन्डेसनमा आश्रयको लागि पठाइएको छ । कविन्द्र सहचालकको रुपमा काम गरिरहेको भिडियो साामजीक सञ्जालमा भाइरल भएपछि महानगरले उसलाई उद्धार गरेको थियो ।पढाइ छोडेर कामको लागि काठमााडौँ आएका कविन्द्र भन्छन् ‘एस्थर बेन्जामेनमा आएपछि छोडेको पढाइलाई फेरी निरन्तरता दिन पाए ।’ त्यसतै भोजपुरका १४ वर्षिय सोनाम गुरुङ्गतीन जना साथीसँग काम गरेर जीविकोपार्जन गर्न काठमाडौं आएका थिए । ललितपुर महानगरपालिकाको महालक्ष्मी नगरपालिकामा रहेको ग्रिल कारखानाबाट हालै उनको उद्धार गरिएको थियो । उद्धार पछि उनलाई पनि ललितपुर महानगरले एस्थर...
देशभर मनसुनी वायुको प्रभाव यथावत

देशभर मनसुनी वायुको प्रभाव यथावत

., मुख्य ब्यानर, राष्ट्रिय
काठमाडौँ। मनसुनी वायुले  देशभरमा  प्रभाव पारी नै रहेको  छ  । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही उत्तरतर्फ अवस्थित रहेको ले मौसमी बायु को प्रभाव रहेको  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा ले जनाएको  छ । विभागले जनाए अनुसार हाल देशभर आंशिकदेखि साधारणतया बदली भइरहेको छ  । बागमती प्रदेशका केही स्थान, मधेस प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने विभागको अनुमान छ । सबै प्रदेशका केही स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती, ग...
सार्वजनिक स्थान सरसफाईमा जुट्दै  शिब बौडेश्वोर बचत तथा ऋण सहकारी संस्था 

सार्वजनिक स्थान सरसफाईमा जुट्दै शिब बौडेश्वोर बचत तथा ऋण सहकारी संस्था 

., स्थानीय
टोखा न पा १ को सार्वजनिक स्थान सरसफाई  अभियानमा श्री शिब बौडेश्वोर बचत तथा ऋण सहकारी संस्था  लिमिटेड सक्रिय रुपमा जुटेको छ । सहकारी  संस्थाको आव्हानमा आइतबार बिहान  साङ्गला दोबाटो देखि सीमाचौर सम्मको मेन सडक क्षेत्रमा  सरसफाई गरिएको छ । सरसफाईका लागि संस्थाका शेयर सदस्य , जनप्रतिनिधि ,भद्र भलाद्मी ,समाजसेवी , राजनीतिकर्मी ,बिभिन्न संघ संस्था का व्यक्तिहरु तथा युवाहरु लाइ सहभागी गराई सरसफाई कार्यक्रम सम्पन्न भएको थियो । बिशेषगरि प्राकृतिक स्वरूपमा धनि रहेको झोर क्षेत्र र यहाका  मन्दिरहरुमा आउने भक्तजन लगाएत आन्तरिक तथा बाह्य पर्यटकहरु लाइ यहाँको वास्तविक बाताबरणीय अवस्था देखाउन साथै  स्वच्छ सफा सार्वजनिक स्थान बनाउन को लागि संस्था जुटेको संस्थाका अध्यक्ष श्री उद्धव अधिकारीले  बताउनु भयो। सरसफाई अभियान आज बाट  सुरु भएपनि  पछिल्ला दिनहरुमा पनि क्रमसः  निरन्तर रहने योजना ...
झोर महांकाल मा. बि. को अभिभावक दिबस तथा  सम्मान कार्यक्रम सम्पन्न

झोर महांकाल मा. बि. को अभिभावक दिबस तथा सम्मान कार्यक्रम सम्पन्न

., स्थानीय
टोखा १ मा रहेको झोर महांकाल मा. बि. ले अभिभावक दिबस तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । बिधालयले  आज टोखा १ स्थित झरना पार्टी प्यालेसमा एक कार्यक्रम गर्दै अभिभावक दिबस तथा सम्मान कार्यक्रम सम्पन्न  गरेको हो । नगर प्रमुख प्रकाश अधिकारीको प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रममा  विद्यालयलाइ योगदान पुर्याउनु हुने भुतपूर्व  प्रधानाध्यापक ,  भुतपूर्व प्राध्यापक , भुतपूर्व ब्यबस्थापन समिति अध्यक्ष तथा  सहयोगी दाताहरु लगाएत २०८० को एस. इ. इ. परीक्षामा उतिर्ण बिद्यार्थीहरुलाइ सम्मान गरिएको थियो  । सांस्कृतिक कार्यक्रम सहित सम्पन्न  कार्यक्रममा नगरपालिका तथा वडाका जनप्रतिनिधिहरु ,कर्मचारीहरु ,स्थानीय अभिभावकहरु तथा बिद्यार्थीहरुको उपस्थिति रहेको थियो ।...
टोखा नगरपालिकामा आर्थिक बर्ष ०८१/८२ को लागि रु. १ अर्व ७० करोड रकम बजेट विनियोजन

टोखा नगरपालिकामा आर्थिक बर्ष ०८१/८२ को लागि रु. १ अर्व ७० करोड रकम बजेट विनियोजन

., स्थानीय
१० असार, काठमाडौं । टोखा नगरपालिकाले आर्थिक बर्ष २०८१/८२ को लागि रु. १ अर्व ७० करोड रकम बजेट विनियोजन गरेको छ । नगरसभाको पन्ध्रौ अधिवेशन अन्तर्गत दोश्रो बैठकमा नगर उपप्रमुख मुरारी तामांग ले संविधानको धारा २३० वमोजिम आज सो बजेट प्रस्तुत गर्नु भएको हो । नगरपालिकाको सभाहलमा सभाध्यक्ष नगर प्रमुख प्रकाश अधिकारी ,प्रशासकीय अधिकृत शेर बहादुर बि सी र नगरसभा सदस्यहरु तथा नगरपालिकाका कर्मचारीहरुको उपस्थितिमा उपप्रमुख तामांगले आगामी आर्थिक बर्षका लागि नीति तथा कार्यक्रमहरु कार्यान्वयन गर्नका लागि बजेट प्रस्तुत गर्नु भएको थियो । नगरपालिकाको कूल विनियोजित बजेट रु. १ अर्व ७0 करोड मध्ये चालु तर्फ रु ६६ करोड २७ लाख ६0 हजार  (३८.९९ प्रतिशत) र पुजीगत तर्फ रु १ अर्ब ३ करोड ७२ लाख ४० हजार ( ६१.०१ प्रतिशत) रकम बिनियोजन गरेको  छ । नगरपालिकाले आगामी आर्थिक बर्षको लागि संघीय सरकारवाट प्राप्त हुने वि...
विष्णुमति सरसफाई अभियान पाचौं हप्तामा

विष्णुमति सरसफाई अभियान पाचौं हप्तामा

., स्थानीय
टोखा नगरपालिका द्वारा संचालित  विष्णुमति सरसफाई  महाअभियान पाचौ  हप्तामा सम्पन्न भएको छ  । हरेक शनिबार संचालन हुने सरसफाई अभियान आज  पनि  नगरपालिकाको ग्रान्डी टावर नजिक प्रहरी प्रभाग आसपास विष्णुमति नदि सरसफाई गरि सम्पन्न भएको हो । कला संस्कृति युक्त स्वच्छ समुन्नत टोखा नगर बनाउन टोखा नगरपालिकाले  हरेक शनिबार विष्णुमति नदि सरसफाई गरदै आएको छ । सरसफाई अभियानमा नगरपालिकाका कर्मचारी तथा पदाधिकारी, वडाका जनप्रतिनिधिहरु, नगर प्रहरि, नेपाल आर्मी र सशस्त्र प्रहरी  र   विभिन्न संघ संस्था तथा  स्थानीय नगरबासीहरुको  उपस्थिति एबं सहभागिता रहेको छ  । यो सरसफाईको महाअभियानमा  विभिन्न क्लव तथा फोहोर संकलन गर्ने  संस्थाहरुको समेत सक्रिय सहभागितामा रहदै  आएको छ । नगरपालिकाले गत बैशाख २० गते बसेको कार्यपालिका बैठक बाट निर्णय गरि यो अभियान शुभारम्भ गरेको थियो ।नदि नाला  स्वच्छ सफा राखी स्वच्छ ...
बौडेश्वर माध्यमिक बिद्यालयका पुर्व विद्यार्थी समूह द्वारा  छात्रवृत्ति प्रदान

बौडेश्वर माध्यमिक बिद्यालयका पुर्व विद्यार्थी समूह द्वारा छात्रवृत्ति प्रदान

., मुख्य खबर, स्थानीय
पुर्व विद्यार्थी समूह द्वारा श्री बौडेश्वर माध्यमिक बिद्यालय,टोखामा अध्ययनरत विद्यार्थी भाईबहिनीहरुलाई  छात्रवृत्ति प्रदान गरिएको छ । बिद्यालयमा प्रशासन बाट छनौट भएका  बिपन्न तथा गरिब परिवारका जेहेन्दार ५ जना भाईबहिनीहरुलाई  १ बर्षे छात्रवृत्ति प्रदान गरिएको हो । बौडेश्वर माध्यमिक बिद्यालय बाट  २०६० साल मा एस एल सी दिएका ब्याच ६० का  भुतपुर्ब बिधार्थीहरुले  ३० हजार रुपैया बराबर को सहयोग गरेका  छन । २५ जना भुतपुर्ब  बिद्यार्थीहरु बाट संकलित रकमले हाल विभिन्न कक्षामा  अध्यनरत  ५ जना बिद्यार्थी लाइ  छात्रवृत्ति सहयोग गरिएको थियो । छात्रवृत्ति  सहयोग पाउने बिद्यार्थीहरुमा  भूमिका ढुंगाना (कक्षा ३ ), युनिसा राइ (कक्षा६ ) ,डेनी डंगोल (कक्षा ६ ) ,जेनिशा लामा(कक्षा ८ ) , निरोज भुजेल(कक्षा ९ )  रहेका छन् । छात्रवृत्ति  स्वरूप परीक्षा शुल्क  लगाएत भौतिक सामग्री हरुमा स्कुल झोला ,कालो र  सेतो ...
टोखा नगरपालिकाद्वारा विष्णुमति सफाई अभियानको निरन्तरता

टोखा नगरपालिकाद्वारा विष्णुमति सफाई अभियानको निरन्तरता

., मुख्य ब्यानर, स्थानीय
टोखा नगरपालिकाले  विष्णुमति सरसफाई अभियानलाइ निरन्तरता दिएको छ। चौंथो हप्तामा आज बानियाँटार पुलदेखि मनोहरतिर्थ पुलसम्मको क्षेत्रमा सरसफाई गरि  विष्णुमति सफाई अभियान लाइ  निरन्तरता दिइएको हो  । आजको सरसफाई अभियानमा नगर प्रमुख प्रकाश अधिकारी, उपप्रमुख मुरारी तामाङ, प्रमुख प्रशासकिय अधिकृत शेरबहादुर बिसी, वडाका जनप्रतिनिधिहरु, नगर प्रहरि, नेपाल आर्मी र सशस्त्र प्रहरी  र   विभिन्न संघ संस्था तथा  स्थानीय नगरबासीहरुको  उपस्थिति एबं सहभागिता रहेको थियो । यो सरसफाईको महाअभियानमा  विभिन्न क्लव तथा फोहोर संकलन संस्थाहरुको समेत सक्रिय सहभागितामा रहदै  आएको छ । कार्यक्रममा बोल्दै नगर प्रमुख प्रकाश अधिकारीले टोखामा स्थानीय सरकारले गरेको कामकारवाहीबाट आतङ्कीत भएर प्रतिपक्ष दलले विरोधका नाममा ज्ञापनपत्र बु्झाउँदै हिँड्नुको सट्टा झण्डै बोकेर आफ्नो घर वरपर तथा विष्णुमती सफाई  अभियानमा सहभागी हुन  आग...
सूर्यविनायकमा विषाधिरहित भान्सा र जीवन सुरक्षा सम्वन्धि  प्रशिक्षण सम्पन्न

सूर्यविनायकमा विषाधिरहित भान्सा र जीवन सुरक्षा सम्वन्धि प्रशिक्षण सम्पन्न

., स्थानीय
काठमाडौँ । सूर्यविनायक नगरपालिका, वडा ७ द्धरा “विषाधिरहित भान्सा र जीवन सुरक्षा सम्वन्धि दुईदिने प्रशिक्षण सम्पन्न भएको छ । वडा अन्तर्गत स्थानीय महिला समुहलाई सो तालिम आयोजना गरिएको थियो । सूर्यविनायक नगरपालिका ७ र संवाहिका समाज नेपालको सहकार्यमा विषदीरहित भान्सा र जीवन सुरक्षासम्बन्धी जेठ ११ र १२ गते सूर्यविनायक नगरपालिका, वडा ७ गुण्डु स्थित सभाहलमा सञ्चालन गरिएको थियो । पूर्वमन्त्री महेश बस्नेतले स्थानीय महिला समुहलाई लक्ष्यित गरी आयोजित तालिमले स्वच्छ र सन्तुलित खाना बनाएर परिवारको स्वास्थ्य सुरक्षा गर्न महिला सक्षम बनाउने बताए । उनले,“विगतमा तरकारी, खाना र अन्न प्राकृतिक रूपमै स्वच्छ हुन्थ्यो, खाना कसरी मिठो खाने भन्ने ध्येय हुन्थ्यो भने हाल मानिसमा चेतनाको वृद्धि भएकोले सन्तुलित र स्वच्छ खानाबारे जागरण बढेको छ तर विषाधिको प्रयोग बढेको, पानी समेत दुषित भएको अवस्थामा विषाध...