फागुन ६ गते अध्यादेश पास गराउने सत्तारूढ दलबिच सहमति
फागुन ६ गते अध्यादेश पास गराउने सत्तारूढ दलबिच सहमति
काठमाडौं, ३ फागुन । सत्तारुढ दलहरुको शीर्ष नेताहरुको बैठकमा सरकारले ल्याएको अध्यादेश पारित गर्ने सहमति भएको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको संयुक्त बैठकले अन्य दलहरुसँग छलफल गरेर अध्यादेश फागुन ६ गते बस्ने राष्ट्रियसभाको बैठकबाट पारित गर्ने सहमति हो ।
बैठकमा उपस्थित गृहमन्त्री रमेश लेखकले भने, ‘सदनमा दर्ता भएका अध्यादेशका बारेमा छलफल भएको छ, छलफल सकारात्मक छ, अध्यादेश अघि बढाउन सबै सहमत भएका छौं ।’ उनका अनुसार फागुन ६ गते बस्ने बैठकवाट सो अध्यादेश पारित गरिनेछ ।
सरकारलाई समर्थन गरिरहेका राजनीतिक दलका शीर्ष नेतासहितको बैठक प्रधानमन्त्री निवास, बालुवाटारमा जारी रहेको छ ।
बैठकमा प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्र...