राष्ट्रिय

एमाले निकट कर्मचारी संगठन अब महिला नेतृत्वले हाँक्ने

मुख्य खबर, मुख्य ब्यानर, राष्ट्रिय
  काठमाडौं, ३ फागुन । निजामती कर्मचारी संगठनको अध्यक्षमा भवानी दाहाल चयन भएकी छिन् ।   काठमाडौं जारी महाधिवेशनबाट दाहाल सर्वसम्मत रूपमा अध्यक्ष चयन भएकी हुन् । यसैगरी, वरिष्ठ उपाध्यक्षमा रेवन्त गौतम र प्रभास शाह, अन्य केन्द्रिय उपाध्यक्षहरूमा कृष्णबहादुर केसी, विष्णु अर्याल, युवाचन्द्र घिमिरे, विजयालक्ष्मी सुवेदी , कमला दाहाल रहेका छन । साथै, महासचिवमा रामचन्द्र  अधिकारी, उपमहासचिवमा वामदेव ओली र सूर्य कुवँर तथा कोषाध्यक्षमा यमकुमारी सापकोटा निर्बिरोध निर्वाचित भएका छन । नेकपा एमाले निकट कर्मचारी संगठनको महाधिवेसन गत माघ ३० उद्घाटन भए पनि फागुन १ मा सम्पन्न गर्नु पर्ने थियाे तर ४ दिन पछि अर्थात शनिवार मात्रै नयाँ नेतृत्व चयन भएको हो । सहमति कि निर्वाचन भन्ने बिबादका बिचमा ढिला गरी शनिवार नयाँ नेतृत्व चयन गरिएको हो ।   साे महाधिवेसनकाे उदघाटन प्रधानमन्त्र...

फागुन ६ गते अध्यादेश पास गराउने सत्तारूढ दलबिच सहमति

ताजाखबर, मुख्य खबर, मुख्य ब्यानर, राष्ट्रिय
फागुन ६ गते अध्यादेश पास गराउने सत्तारूढ दलबिच सहमति   काठमाडौं, ३ फागुन । सत्तारुढ दलहरुको शीर्ष नेताहरुको बैठकमा सरकारले ल्याएको अध्यादेश पारित गर्ने सहमति भएको छ।   प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको संयुक्त बैठकले अन्य दलहरुसँग छलफल गरेर अध्यादेश फागुन ६ गते बस्ने राष्ट्रियसभाको बैठकबाट पारित गर्ने सहमति हो ।   बैठकमा उपस्थित गृहमन्त्री रमेश लेखकले भने, ‘सदनमा दर्ता भएका अध्यादेशका बारेमा छलफल भएको छ, छलफल सकारात्मक छ, अध्यादेश अघि बढाउन सबै सहमत भएका छौं ।’ उनका अनुसार फागुन ६ गते बस्ने बैठकवाट सो अध्यादेश पारित गरिनेछ । सरकारलाई समर्थन गरिरहेका राजनीतिक दलका शीर्ष नेतासहितको बैठक प्रधानमन्त्री निवास, बालुवाटारमा जारी रहेको छ । बैठकमा प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्र...

अर्थमन्त्री थप उपचारका लागि जलन अस्पताल, किर्तिपुरमा

मुख्य ब्यानर, राष्ट्रिय
काठमाडौं, ३ फागुन । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई थप उपचारका लागि कीर्तिपुरस्थित बर्न हस्पिटल लगिएको छ।       पोखरा भ्रमण वर्ष घोषणा समारोह उद्घाटनका क्रममा बेलुन पडकिएर घाइते भएका अर्थमन्त्री विष्णुप्रसाद पौडेलको थप उपचारका लागि किर्तिपुरस्थित बर्न अस्पताल ल्याइएको हो । अर्थमन्त्री पौडेलको सचिवालयका अनुसार गण्डकी अस्पताल, पोखरामा प्रारम्भिक उपचार गरेर थप उपचारका लागि काठमाडौं अस्पताल ल्याइएको उनको सचिवालयले जनाएको छ ।  ...
भूटानी नरेश वाङचुक अनौपचारिक भ्रमणका सिलसिलामा आज  काठमाडौँमा

भूटानी नरेश वाङचुक अनौपचारिक भ्रमणका सिलसिलामा आज काठमाडौँमा

राष्ट्रिय
काठमाडौँ I भूटानी नरेश जिग्मे खेसर नाम्गेल वाङचुक अनौपचारिक भ्रमणका सिलसिलामा आज बिहान काठमाडौँ आइपुग्नुभएको छ । उहाँलाई परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभयो । भूटानी नरेश वाङचुकले स्वयम्भूनाथ र बौद्धनाथको दर्शन गर्नुहुने कार्यक्रम छ । भारतबाट स्वदेश फर्कने क्रममा उहाँ काठमाडौँमा हुनुहुन्छ । उहाँ आजै स्वदेश फर्कनुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।...
आज कोशी र बागमती प्रदेशका पहाडी भागमा आंशिक बदली हुने

आज कोशी र बागमती प्रदेशका पहाडी भागमा आंशिक बदली हुने

राष्ट्रिय, स्थानीय
काठमाडौँ- हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा कोशी र बागमती प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । साथै गण्डकी र लुम्बिनी प्रदेशका पहाडी,तराई र उपत्यकाका केही स्थानमा हुस्सु लागेको छ । विभागका अनुसार आज दिउँसो कोशी, गण्डकी, बागमती र लुम्बिनी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी प्रदेशको पहाडी भागको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । त्यसैगरी, आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सफा रहने छ । आगामी २४ घण्टामा कोशी प्रदेशका पहाडी भागका एक-दुई स्थानमा हल्का वर्षाको साथै शनिबार बिहान तराई तथा उपत्यका धेरै स्थानहरूमा हुस्सु साथै केही स्थानहरुमा कुहिरोको सम्भावना रहेको जनाउँदै विभागले त्यसबाट दैनिक जनजी...
बिपी राजमार्गमा रोकिएका सवारी साधन वैकल्पिक बाटोबाट गन्तव्यतर्फ जाँदै

बिपी राजमार्गमा रोकिएका सवारी साधन वैकल्पिक बाटोबाट गन्तव्यतर्फ जाँदै

ताजाखबर, मुख्य ब्यानर, राष्ट्रिय
बाढीपहिरोका कारण अवरुद्ध भएको भकुण्डे–कानपुर–कोटतेमाल–पोखरी नारायणस्थान–मेच्छेपौवा सडक आजदेखि खुलेको छ । बाटो खुलेसँगै यातायातका साधन पनि सञ्चालन हुन थालेका छन् । यात्रुवाहक बसलाई पनि आजैदेखि सञ्चालनको अनुमति दिइएको तेमाल गाउँपालिका अध्यक्ष दलमान थोकरले बताउनुभयो । तेमाल गाउँपालिकाको सक्रियतामा मेच्छेपौवाबाट मैनाजाङ–सिन्दुरेटार–मुक्पाटार हुँदै सुनकोशी पुल भएर रामेछापको सुनापति गाउँपालिकाको मध्यपहाडी लोकमार्ग जोड्ने सडक पनि  सञ्चालन भएको उहाँले बताउनुभयो । उक्त सडकमा हाललाई हलुका सवारीसाधन मात्र सञ्चालनको अनुमति स्थानीय प्रशासनले दिएको छ । बिपी राजमार्गका विभिन्न खण्डमा अलपत्र परेका सवारीसाधनलाई वैकल्पिक मार्गबाट गन्तव्यसम्म पुर्‍याउने प्रयास भइरहेको मङ्गलटारस्थित इलाका प्रहरी कार्यालयका प्रमुख कृष्ण गिरीले बताउनुभयो बिपी राजमार्गमा फसेका सवारीसाधनमध्ये १३ वटा वैकल्पिक बाटोबाट  काठ...
त्रिशुली वाङ्मय प्रतिष्ठानको आयोजना  शारदीय काव्य उत्सव सम्पन्न ।

त्रिशुली वाङ्मय प्रतिष्ठानको आयोजना शारदीय काव्य उत्सव सम्पन्न ।

राष्ट्रिय
त्रिशुली वाङ्मय प्रतिष्ठानको आयोजना र कौशला लामिछानेस्मृति कोषको सहकार्यमा शारदीय काव्य उत्सव २०८१,  सम्पन्न भएको छ । कौसला लामिछानेको गजल सङ्ग्रह मनोभाव सार्वजनिकीकरण एबं सम्मान तथा रचना वाचनको कार्यक्रमलाइ   प्रतिष्ठानका अध्यक्ष आर.एम. डङ्गोलज्युले  अध्यक्षता गर्नु भएको  थियो । काठमाडौंको सिनामंगल स्थित एपेक्स बिजनेस होटलमा भएको कार्यक्रममा प्रा. डा. जगमान गुरुङज्युको प्रमुख आतिथ्यता   साथै  वरिष्ठ साहित्यकार भागिरथी श्रेष्ठ ,कौशला स्मृति कोषका अध्यक्ष श्रीहरी फुयाँल,  टानका अध्यक्ष एबं पर्यटन व्यावसायी सागर पाण्डेको विशिष्ट आतिथ्यतामा कार्यक्रम भव्य र  सभ्य  रुपमा सम्पन भएको थियो । उक्त कार्यक्रमा २५ जना अतिथि कविज्युहरुले आफ्नो सिर्जना वाचन गर्नु भएको थियो। पुर्व झापादेखि पश्चिम दार्चुला र तराईको सर्लाहीदेखि उत्तर सोलुखुम्बुका साथै देशका विभिन्न जिल्लाबाट  समेत कविहरुलाई आमन्त्र...
पशुपतिनाथ मन्दिर परिसरको वाग्मती किनारमा श्राद्ध गर्नेहरुको घुइँचो

पशुपतिनाथ मन्दिर परिसरको वाग्मती किनारमा श्राद्ध गर्नेहरुको घुइँचो

मुख्य खबर, राष्ट्रिय, स्थानीय
प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ गरिँदैछ ।प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपराह्नकालमा गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवं धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईले जानकारी दिनुभयो । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यसलाई सोह्रश्राद्ध भनिएको हो । यो समयलाई अपर, प्रेत पक्ष आदि नामले पनि बुझिन्छ । चाडपर्व यज्ञयागादि तथा ठूलाकार्य गर्नु अघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो । यस समयमा पितृले आश गरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ । यसरी सोह्रश्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दायित्वबोध पूरा हुनाका साथै पितृऋणब...
आज आधिकांश स्थानमा  मौसम सफा रहने :मौसम विज्ञान विभाग

आज आधिकांश स्थानमा मौसम सफा रहने :मौसम विज्ञान विभाग

मुख्य ब्यानर, राष्ट्रिय
काठमाडौँ- देशभर मनसुनी वायुको प्रभावसँगै भारतको उत्तरपूर्वी मध्यप्रदेश र दक्षिण उत्तरप्रदेश आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहेको छ । विभागका अनुसार आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली र बाँकी भू–भागमा आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहने छ । कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानमा हुरीको चल्ने सम्भावना छ । यसैगरी आज राति कोशी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली र बाँकी ...
नेपालमा ५८ वटा देशको प्रत्यक्ष वैदेशिक लगानी,३५ प्रतिशत भारत को देखियो

नेपालमा ५८ वटा देशको प्रत्यक्ष वैदेशिक लगानी,३५ प्रतिशत भारत को देखियो

अन्तराष्ट्रिय, मुख्य खबर, राष्ट्रिय
काठमाडौँ । नेपाल राष्ट्र बैंकले ‘प्रत्यक्ष वैदेशिक लगानी सम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७९/८०’ सार्वजनिक गरेको छ । प्रत्यक्ष वैदेशिक लगानीको क्षेत्रगत अवस्था एवम् प्रवृत्ति विश्लेषण गरी नीति निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले राष्ट्र बैंकले प्रत्येक आर्थिक वर्षमा स्थलगत सर्वेक्षण सम्पन्न गरी प्रतिवेदन प्रकाशन गर्दै आएको छ । आर्थिक वर्ष २०७९÷८० मा नेपालमा प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालित कम्पनीमध्ये कुल दुई सय ३८ वटा कम्पनीको नमूना छनोट गरी सर्वेक्षणबाट प्राप्त तथ्याङ्क तथा अन्य विवरणको विश्लेषणका आधारमा प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७९÷८०’ तयार पारिएको राष्ट्र बैंकले जनाएको छ । सर्वेक्षणबाट प्राप्त नतिजाअनुसार नेपालमा आर्थिक वर्ष २०७९/८० को अन्त्यसम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानीको मौज्दात ११ दशमलव आठ प्रतिशतले वृद्धि भई रु दुई खर्ब ९५ अर्ब ५० करोड ...