
बङ्गलादेशमा चट्याङ लागेर यस वर्ष तीन सय जनाको मृत्यु
बङ्गलादेशमा यस वर्ष चट्याङमा परी करिब ३०० जनाको ज्यान गएको छ । मृत्यु हुनेमा अधिकांश ग्रामीण क्षेत्रका किसान छन् । यस वर्षको फेब्रुअरीदेखि सेप्टेम्बरसम्मको अवधिमा चट्याङका कारण २४२ पुरुष र ५५ महिला गरी २९७ जनाको मृत्यु भएको छ ।
‘सेभ द सोसाइटी एन्ड थन्डरस्टर्म अवेयरनेस फोरम [एसएसटीएफ]’ ले शनिवार ढाकामा पत्रकार सम्मेलन गरी मृत्यु हुनेको सङ्ख्या सार्वजनिक गरेको हो । सन् २०१९ देखि चट्याङबाट हुने क्षतिको अनुगमन गरिरहेको एसएसटीएफले यस अवधिमा ७३ जना घाइते भएको बताएको छ ।
चट्याङ लागेर ज्यान गुमाउनेमा अधिकांश ग्रामीण क्षेत्रका मानिसहरू रहेको र उनीहरू आफ्नो खेतबारीमा काम गरिरहेका समय मृत्यु भएको बताइएको छ । एसएसटीएफले राष्ट्रिय दैनिक, स्थानीय दैनिक पत्रपत्रिका, अनलाइन न्युज पोर्टल र टेलिभिजन च्यानलहरूबाट चट्याङबाट मृत्यु हुनेको तथ्याङ्क सङ्कलन गरेको जनाएको छ ।
बङ्गलादेशमा मौसम परिवर्तन हुने...