जनजीबन

बालविवाहको समस्या गम्भीर बन्दै,भविष्यमा खतरा हुन सक्ने बिज्ञहरुको अनुमान

बालविवाहको समस्या गम्भीर बन्दै,भविष्यमा खतरा हुन सक्ने बिज्ञहरुको अनुमान

जनजीबन, स्थानीय
काठमाडौँ । कानूनले २० वर्ष नपुगी विवाह गर्न निषेध गरे पनि देशमा कम उमेरमै घरजम गर्नेको संख्या ठूलो रहेको तथ्यांकले देखाएको छ । राष्ट्रिय जनगणना, २०७८ को बालबालिका सम्बन्धी तथ्यांकीय प्रतिवेदनले ७४ हजार २७२ जनाले १० देखि १७ वर्षको उमेरमै विवाह गरेको देखाएको हो । यसले देशमा बालविवाहको समस्या गम्भीर रहेको देखाएको छ । तथ्यांकअनुसार २० देखि २४ वर्ष उमेर पुगेका विवाहित बालबालिकालाई सोधिएको विवाहको उमेर सम्बन्धी प्रश्नअनुसार १४.१ प्रतिशत उत्तरदाताले आफ्नो विवाह १८ वर्ष नपुग्दै भएको उत्तर दिएका छन् । जसमध्ये २१.९ प्रतिशत बालिका छन् । यसले प्रत्येक पाँचमध्ये एक बालिकाको १८ वर्षको उमेर नपुग्दै विवाह भइरहेको देखिएको छ । बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)को आयोजना तथा सेभ द चिल्ड्रेन र प्लान इन्टरनेशनलको सहयोगमा आयोजना गरेको 'बालबिवाह अन्त्य सम्बन्धी भए गरेको प्रयास र आगामी योजना'बारे...
जेष्ठ नागरिक आवाजको लोर्कापण तथा योग र जेष्ठनागरिक विषयक बिचार गोष्ठी सम्पन्न

जेष्ठ नागरिक आवाजको लोर्कापण तथा योग र जेष्ठनागरिक विषयक बिचार गोष्ठी सम्पन्न

जनजीबन, राष्ट्रिय, स्थानीय
तारकेश्र्वर जेष्ठ नागरिक सेवा समाजले आयोजना गरेको जेष्ठ नागरिक आवाज लोकार्पण तथा योग र जेष्ठ नागरिक बिचार गोष्ठी मिलन बस्ती योग साधना केन्द्र बज्रयोगिनी योग साधना केन्द्र र पतन्जली योग समिति तारकेश्वरको सह आयोजनामा भव्य रुपमा सम्पन्न भयो । सस्थाका अध्यक्ष डा. बीरेन्द्र थपलियाको अध्यक्षता र आदरणीय  शिक्षाविद तथा  योगगुरु जगननाथ उपाध्यायको प्रमुख आतिथ्यतामा ,७ जना जेष्ठ नागरिक बुबा आमाहरु लाई सम्म्मान र अभिनन्दन गर्दै कार्यक्रमको उद्घाटन र जेष्ठ नागरिक आवाजको आठौ कृति लोकार्पण भयो । उक्त कार्यक्रम तारकेश्वर नगर पालिका — वडा नं.४ स्थीत कछुवा पार्टीप्यालेसमा सम्पन्न भएको हो । कार्यक्रका अध्यक्ष थपलियाले  कार्यक्रम उदेश्य माथी प्रष्ट पार्दै हामी  सबैजना जीवनको  उत्तरार्धमा जव प्रवेस गर्दछौ तब बुढौली लाग्दै  जान्छ  शरीर  कम्जोर  हुँदै जान्छ त्यति बेला अरुको सहाराको आवस्यकता पर्दछ यति बेला घरप...
बढ्दो गर्मिका कारण  तराईमा जनजीवन प्रभावित

बढ्दो गर्मिका कारण तराईमा जनजीवन प्रभावित

जनजीबन, राष्ट्रिय
धनुषा- अत्यधिक गर्मी बढेपछि धनुषासहित तराई-मधेसको जनजीवन प्रभावित भएको छ । एक सातादेखि अधिकतम् तापक्रम ३८ देखि ४२ डिग्री सेल्सियसको हाराहारीमा पुग्न थालेपछि जनजीवन प्रभावित भएको हो । गर्मीका कारण दिउँसोतीर मुख्य बजार सुनसान हुन थालेका छन् भने सरकारी कार्यालयमा सेवाग्राहीको सङ्ख्यासमेत घट्न थालेको छ । अहिले बालबालिका, ज्येष्ठ नागरिक र रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिलाई अझ बढी समस्या भएको चिकित्सकको भनाइ छ । प्रादेशिक अस्पताल जनकपुरधामका प्रवक्ता डा कृष्णदेव दासले अहिले स्वास्थ्य संस्थामा घाउ, खटिरा, टाइफाइड, ज्वरो, झाडापखालालगायत रोगका बिरामीको चाप बढ्न थालेको बताउनुभयो । डा दासले भन्नुभयो, “गर्मी बढेसँगै धनुषामा ‘हिट स्ट्रोक’ अर्थात् ‘लू’ लाग्ने जोखिमसमेत बढ्दै गएको छ । यसले दिउँसोका समयमा दैनिक ज्यालादारी तथा कडा श्रम गर्ने व्यक्तिलाई समस्या हुने देखिन्छ । त्यसैले सबै...
जलवायु न्यूनीकरणका लागि डब्लुडब्लुएफ नेपाल र आइएफआरसीबीच साझेदारी

जलवायु न्यूनीकरणका लागि डब्लुडब्लुएफ नेपाल र आइएफआरसीबीच साझेदारी

अन्तराष्ट्रिय, जनजीबन, मुख्य ब्यानर, राष्ट्रिय
  काठमाडौँ- नेपालमा जलवायु परिवर्तनका असरलाई प्रकृतिमा आधारित समाधान गर्नका लागि विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपाल र अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरुको महासङ्घ (आइएफआरसी) बीच साझेदारीको सुरुआत गरिएको छ । बुधबार यहाँ आयोजित एक समारोहबीच ‘जनताको रक्षाका लागि प्रकृतिमा काम गर्ने’ विषयका साथ विश्वव्यापी साझेदारीलाई पछ्याउँदै ती दुई संस्थाले रणनीतिक साझेदारीको थालनी गरेका हुन् । नेपालजस्ता विकासोन्मुख देशहरुमा बढ्दो जलवायु परिवर्तनको प्रभाव र मौसमसम्बन्धी प्रकोपलाई सम्बोधन गर्न तथा जलवायु सङ्कटको प्रकृतिमा आधारित समाधानबाट लाभ उठाउने उक्त साझेदारीको उद्देश्य रहेको छ । कार्यक्रममा डब्लुडब्लुएफ नेपालका राष्ट्रिय प्रतिनिधि डा घनश्याम गुरुङले जलवायु सङ्कटको सामना गर्न वन्यजन्तु र जैविक विविधताको संरक्षण आवश्यक रहेकामा जोड दिँदै यसले मानिस र प्रकृतिको भविष्यस...
उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना

उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना

जनजीबन, मुख्य ब्यानर
काठमाडौँ- हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । आज बिहान पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहेको छ । देशका तराईका अधिकांश भागमा हुस्सु लागेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा भने हल्का हिमपातको सम्भावना छ ।...
नेपालमा यस वर्षको मन्सुन आजदेखि बाहिरियो

नेपालमा यस वर्षको मन्सुन आजदेखि बाहिरियो

., जनजीबन, ताजाखबर, राष्ट्रिय
काठमाडौँ। नेपालमा गत जेठ ३१ गते भित्रिएको यस वर्षको मन्सुन आजदेखि बाहिरिएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पुर्वानुमान महाशाखाका अनुसार नेपालमा मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ रहेकामा यस वर्ष १३ दिन ढिलो गरी मनसुन बाहिरिएको हो । यस वर्षको मनसुन १२४ दिन जति नेपालमा रहेको छ । यही असोज १९ गतेदेखि मनसुन क्रमिक रूपमा बाहिरिन सुरु गरेको थियोे । यसैबीच, पश्चिमी न्यून चापीय प्रणालीको कारणले आज सोमबारदेखि नेपालको सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा तथा उच्च पहाडी भेगमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।...
आज देखि सरकार द्वारा चाडपर्वलक्षित सहुलियत पसल संचालन

आज देखि सरकार द्वारा चाडपर्वलक्षित सहुलियत पसल संचालन

जनजीबन, ताजाखबर, मुख्य ब्यानर, राष्ट्रिय, स्थानीय
काठमाडौँ, असोज २१  । सरकार द्वारा आज देखि उपत्यकासँगै बाहिरी जिल्लामा चाडपर्वलक्षित सहुलियत पसल संचालन हुदै छन् ।  चाडपर्वमा उपभोक्तालाई राहत दिन विभिन्न जिल्लामा सहुुलियत पसल सञ्चालन हुन लागेको  हो । सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, दुग्ध विकास संस्थान (डिडिसी) र साल्ट  ट्रेडिङ   कर्पोरेसनमार्फत सहुलियत पसल सञ्चालन हुन लागेका हुन् ।  सहुलियत पसलमा दैनिक उपभोग्य खाद्यान्न छुटको व्यवस्था गरिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले दसैँतिहार, छठ पर्वमा उपभोक्तालाई राहत दिन सहुलियत पसल सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो । चाडपर्वमा अत्यावश्यक खाद्य वस्तुको बजार मूल्य नियन्त्रण र गुणस्तरीयता कायम गरी सहज र सर्वसुलभ रूपमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यका साथ सहुलियत पसल सञ्चालन गर्न लागिएको उहाँले बताउन...
मन्त्रालय द्वारा उपत्यकामा १०१ फार्मेसीको अनुगमन, मापदण्ड पूरा नगरेका १० फार्मेसी सिल

मन्त्रालय द्वारा उपत्यकामा १०१ फार्मेसीको अनुगमन, मापदण्ड पूरा नगरेका १० फार्मेसी सिल

जनजीबन, ताजाखबर, मुख्य खबर, राष्ट्रिय
काठमाडौं- काठमाडौँ उपत्यकामा नियम विपरीत सञ्चालित १० वटा औषधि पसल लाइ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय सिल गरेको छ भने दुई दर्जनभन्दा बढीलाई सचेत पत्र दिएको छ । अनुगमन टोलीले एकै दिन एक सय एकवटा औषधि पसलको अनुगमन गरेको थियो   स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतको निर्देशनानुसार मन्त्रालयले २० वटा टोली बनाएर आज उपत्यकाका विभिन्न क्षेत्रमा अनुगमन गरेको हो । फर्मासिस्टको प्रमाणपत्र भाडामा लिएर अर्कै व्यक्तिलाई कर्मचारी खटाएको, औषधि व्यवस्था विभागले तोकेको मापदण्ड पूरा नगरेको र अनुमति नलिई औषधि पसल सञ्चालन गरेको गुनासो आएपछि मन्त्री बस्नेतले देशभर अनुगमन गर्न औषधि व्यवस्था विभागलाई निर्देशन दिनुभएको थियो । मन्त्री बस्नेत स्वयं अनुगमनमा निस्किनुभएको थियो । अनुगमन टोलीमा औषधि व्यवस्था विभाग, मन्त्रालय र स्वास्थ्य सेवा विभागका विज्ञ कर्मचारी संलग्न हुनुहुन्थ्यो । अनुगमन ...
अमेरिकामा अत्यधिक गर्मी का कारण हाल सम्म १८ जनाको मृत्यु ,जनजीवन अस्तव्यस्त

अमेरिकामा अत्यधिक गर्मी का कारण हाल सम्म १८ जनाको मृत्यु ,जनजीवन अस्तव्यस्त

अन्तराष्ट्रिय, जनजीबन
अमेरिकाको दक्षिणपश्चिम क्षेत्रको जनजीवन  गर्मि का कारण  अस्तव्यस्त भएको छ । यो क्रम  मध्य र पूर्वी क्षेत्रमा पनि क्रमश  विस्तार भै रहेको छ  । मध्यपश्चिमबाट सुरु भएको तातो मौसम बुधबारसम्म पूर्व फ्लोरिडाको दक्षिणी छेउसम्म फैलिने मौसमविद्हरूले बताएका छन् ।  गर्मीले विभिन्न शहरहरुमा गरी करिव ६ करोड अमेरिकी प्रत्यक्ष प्रभावित भएका छन् । गतसाताको अन्त्यतिरै धेरै प्रमुख शहरहरूमा तापक्रम निकै उच्च रहेको अधिकारीहरुले बताएका छन् । आइतवार, फिनिक्स, एरिजोना सहरमा ४३ डिग्री सेल्सियस भन्दा बढी ताप मापन गरिएको र यो सन् १९७४ मा गरिएको तापमान रेकर्डभन्दा पनि बढी रहेको जनाइएको छ । हालसम्मको तापमान रेकर्ड अनुसार जुलाई अब पृथ्वीको सबैभन्दा तातो महिना हुने अपेक्षा गरिएको छ । गत अप्रिलयता मारिकोपा काउन्टी वरपर मात्र गर्मीबाट कम्तिमा १८ जनाको मृत्यु भएको र अन्य ६९ जनाको पनि गर्मीकै कारण मृत्यु भएको ह...
साउन १ देखि सार्वजनिक स्थानमा धुम्रपान र मद्यपान निषेध

साउन १ देखि सार्वजनिक स्थानमा धुम्रपान र मद्यपान निषेध

जनजीबन, मुख्य खबर, राष्ट्रिय
काठमाडौं- आगामी साउन १ गतेदेखि काठमाडौँ महानगरपालिकाका सार्वजनिक स्थानमा धुम्रपान र मद्यपान सेवन गर्न नपाइने भएको छ । पहिलो चरणमा बानेश्वर क्षेत्रबाट निषेधको काम सुरु गर्ने भएपनि यसलाई क्रमिकरूपमा कामपाका ३२ वटै वडामा विस्तार गर्ने तयारी रहेको बताइएको छ । उक्त अभियान कामपा र बानेश्वर व्यापार सङ्घले संयुक्तरूपमा गर्न लागेका हुन् । सङ्घका अध्यक्ष नवीन लुइँटेलका अनुसार अवैध संरचना हटाउने काम पनि बानेश्वरबाट नै सुरु गरेको हुनाले धुम्रपान र मद्यपान निषेधको काम पनि सोही स्थानबाट सुरु गर्ने तयारी गरिएको हो । आगामी साउन १ गतेसम्म प्रचारप्रसारका काम गर्ने, त्यसपछि कडाइका साथ उक्त अभियान लागू गर्ने अध्यक्ष लुइँटेलले जानकारी दिनुभयो । सार्वजनिक स्थानमा धुम्रपान र मद्यपानको सेवन गर्ने र अन्यलाई पनि उत्तिनै असर गर्ने हुँदा यस किसिमको अभियान सुरु गर्न लागिएको हो । धुम्रपान र मद्यपान सेवन गर्नेक...