अपत्यारिलो

एउटा रुखमै करिब ३ सय किसिमका फल

अपत्यारिलो
भारत को लखनउ सहरमा एउटा युनिक आँपको रुख छ जसको  एउटा रुखमै करिब ३ सय किसिमका फल फल्दछन् । लखनउका बासिन्दा हाजी कलीम उल्लाह खानले निकै मेहेनत लगाएर सो आँपको बोट तयार गरेका हुन् । उनले ग्राफ्टिङ प्रविधिको सहयोगमा सो आँपको रुख तयार गरेका हुन् ,जसमा अहिले विभिन्न तीन सय थरीका आँप फल्ने गरेका छन् । त्यो अनौठो आँपको बोट तयार पार्ने हाजी कलीमलाई तत्कालीन भारतीय राष्ट्रपति प्रतिभा पाटिलले पद्मश्री सम्मान प्रदान गरेकी थिइन् । यो रुखको रहस्य जान्नका लागि जापानी वैज्ञानिकहरुको एक टोली पनि त्यहाँ गएको थियो । सोे रुख रोपेर हुकाउने हाजी कलीमका अनुसार उनले पहिलोपटक १७ वर्षको छँदानै एउटा यस्तो वनस्पती तयार गरेका थिए जसमा सात किसिमका फल लाग्दथे । त्यसैले हाजी कलीम म्यांगो म्यानको नामले पनि चिनिन्छन् । यो बोटमा फल्ने आँपलाई टिपेर बेचिँदैन । हाजी कलिमले बाँकी रहेका खानेकुराहरु त्यहाँका विभिन्न मानिस...

बिहेको ४ वर्षपछिको डिभोर्स, फोटोग्राफरलाई अनाहकको तनाव

अपत्यारिलो
जयराम न्यौपाने बिहे गरेको ४ वर्षपछि डिभोर्स भएसँगै एक महिलाले आफ्नो बिहेमा तस्वीर खिच्न आएका फोटोग्राफरसँग त्यसबेला तिरेको शुल्क फिर्ता मागेकी छिन् । ती महिला र फोटोग्राफरबीच ह्वाट्सएपमा भएको च्याट संवादको स्क्रिन शट भाइरल बनिरहेको छ ।ती महिलाले फोन गरेर पैसा फिर्ता माग्दा सुरुमा त फोटोग्राफरलाई पत्यार लागेन । सायद उनले मजाक गरिरहेकी होलिन् भन्ने लाग्यो । तर महिलाले वास्तवमै रकम फिर्ता मागेकी थिइन् । तर आफूले काम गरेर लिएको भुक्तानी डिभोर्स भयो भन्दैमा फिर्ता गर्नुपर्ने कुनै कारण थिएन । त्यसैले फोटोग्राफरले अस्वीकार गरे । साथै उनले ह्वाट्सएप च्याटको स्क्रिनशट पनि ट्वीटरमा सार्वजनिक गरिदिए । लेन्स रोमियो नामको ट्वीटर अकाउन्टबा उनले महिलासँगको च्याट शेयर गरेका छन् । त्यसको क्याप्सनमा फोटोग्राफरले आफ्नो जिवन फिल्म जस्तै भएको बताएका छन् । यो घटना दक्षिण अफ्रिकाको डर्बानमा भएको हो । ती...

वंशाणुगत रोगको समस्या नहुने ‘सुपर बेबी’ को जन्म

अपत्यारिलो
 विश्वमा पहिलोपटक यस्तो बच्चा जन्मिएको छ जसलाई कुनैपनि वंशाणुगत रोगको समस्या हुनेछैन । यो बच्चा आफ्नो बाबु–आमासँग पनि दुरुस्तै मिल्दैन । किनकी यसमा बाबुआमा सँगै तेस्रो बच्चाको डिएनए पनि रहेको छ । अर्थात् यो बच्चा ३ जना मानिसको डिएनएबाट बनेको छ । बेलायतको न्युक्यासल फर्टिलिटी सेन्टरमा उक्त सुपरबेबीको जन्म भएको हो । यो बच्चा तयार गर्नका लागि तीनजना मानिसको डिएनए प्रयोग गरिएको छ । डिएनएको विशेषता कायमै राख्नका लागि आईभीएफ प्रविधिको प्रयोग गरिएको छ । यो बच्चाको शरीरमा कुनैपनि खालको वंशाणुगत समस्या वा खराब खालको वंशाणुगत उत्परिवर्तन नरहेको बताइएको छ । जुन प्रविधिबाट यो बच्चा जन्माइएको हो त्यसलाई माइटोकोन्ड्रिएल डोनेसन ट्रिटमेन्ट अर्थात् एमडीटी भनिन्छ । माइटोकोन्ड्रियल डोनेसन ट्रिटमेन्टलाई एमआरटी अर्थात् माइटोकोन्ड्रियल रिप्लेसमेन्ट ट्रिटमेन्ट पनि भनिन्छ । बेलायतका डाक्टरहरुले यो पद्धतिको ...
नारायणी नदीमा डुबेर श्रीमान् श्रीमतीको मृत्यु

नारायणी नदीमा डुबेर श्रीमान् श्रीमतीको मृत्यु

अपत्यारिलो, ताजाखबर, स्थानीय
नवलपुर– नवलपरासी–बर्दघाट सुस्तापूर्व) नवलपुरस्थित नारायणी नदीमा डुबेर श्रीमान्-श्रीमतीको मृत्यु भएको छ । जिल्लाको मध्यविन्दु नगरपालिका–२ नन्दपुरस्थित नारायणी नदीमा डुबेर मध्यविन्दु–२ कोल्हुवाका करिब ५५ वर्षीय सोमबहादुर बोटे र उहाँकी श्रीमती करिब ५० वर्षीया बगरी बोटेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वनवलपुरका प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले बताउनुभयो । नारायणी पारी चितवन राष्ट्रिय निकुञ्जमा निगुरोको टिप्न जाँदा नदी तर्ने क्रममा उनीहरुलाई नदीले बगाएको थियो । आइतबार बेलुका नदीले बगाएर बेपत्ता भएका दुवै जनालाई राति मृतावस्थामा फेला पारिएको प्रहरी नायब उपरीक्षक पाठकले बताउनुभयो ।...
१५ सय वर्ष अघि मानिसको फेशनएवल जुत्ता

१५ सय वर्ष अघि मानिसको फेशनएवल जुत्ता

अपत्यारिलो, ताजाखबर, मुख्य ब्यानर
एजेन्सी । के १५ सय वर्ष अघि पनि मानिसहरुले फेशनएवल जुत्ता लगाउँथे ? केही दिन अघि मंगोलीयामा भेटीएको यो तस्विर पछि यो प्रश्न यत्रतत्र बहशको विषय बन्न पुगेको छ । यो डिजाइन आधुनिक युगमा संसारभर मशहूर ब्राण्डबाट उत्पादन भइरहेको डेलीमेलले जनाएको छ । यो जुत्ता मंगोलीयाको अल्ताई माउन्टेनमा केही हप्ता पहिला पुरातत्वविदहरुले फेला पारेका हुन् । ममी नाम गरेकी एक महिलाले उक्त समयमा पनि यस्तो अनौठो जुत्ता लगाउने गरेको तथ्य उनीहरुले पत्ता लगाएका छन् । खोव्द संग्रहालयका विशेषज्ञहरुका अनुसार ममीका साथमा एक घोडा, काठी, लगाम, माटाका भाँडा, लट्ठीको टोकरी लगायतका सामग्राीहरु फेला परेका छन् ।...
कुखुराको आक्रमणबाट मालिकको मृत्यु

कुखुराको आक्रमणबाट मालिकको मृत्यु

अपत्यारिलो, जनजीबन
साँच्चै कुखुराको आक्रमणबाट मानिसको मृत्यु भयो भन्ने खबर सुन्दा पत्याउन गाह्रै हुन्छ । तर सत्य नै त्यही भएपछि नपत्याएर पनि भएन । घटना दक्षिण भारतको हो । जहाँ आफैले पालेको कुखुराले उसको मालिकको ज्यान लिएको छ । दक्षिण भारतको तेलगंना राज्यमा यो घटना भएको हो । मालिकको हत्या नै गर्नसमेत सक्ने कुखुरा भने सामान्यचाहिँ होइन । यो फाइटर (लडाकू) कुखुरा हो । दक्षिण भारतको तेलंगना राज्यको लोथुनरमा ककफाइट (भाले जुधाईं) का क्रममा यो घटना भएको बीबीसीले जनाएको छ । गैरकानूनी करार गरिएको ककफाइटमा संलग्न एउटा कुखुराको खुट्टामा लुकाएर राखिएको धारिलो ब्लेड (पत्ती) ले काट्दा कुखुरा मालिकको मृत्यु भएको खबरमा उल्लेख छ । कुखुराको खुट्टामा लुकाएर राखेको ब्लेडको आक्रमणबाट अर्काको कुखुरा घाइते भएर आफ्नोले खेल जितोस् भन्ने उद्देश्य राखेको भएपनि पछि उक्त भालेले मालिकलाई नै प्रहार गर्दा उनको मृत्युभएको हो । कुखुर...

चिसो सुरु भएसँगै कञ्चनपुरमा डेङ्गुको सङ्क्रमण घट्दै

अपत्यारिलो, मुख्य ब्यानर
  बेदकोट । चिसो सुरु भएसँगै कञ्चनपुरमा डेङ्गुको सङ्क्रमण घट्दै गएको छ ।  केही महिना अघिसम्म तीव्र रूपमा फैलिएको डेङ्गुको सङ्क्रमण कम हुँदै गएको हो ।  एक महिनाअघिको तुलनामा सङ्क्रमण कम भएको स्वास्थ्य कार्यालय कञ्चनपुरका औलो निरीक्षक सिद्धराज भट्टले जानुकारी दिनुभयो ।  “पछिल्लो केही महिनायता डेङ्गु सङ्क्रमणमा कमी आएको छ, कहिलेकाहीँ फाट्टफुट्ट मात्रै बिरामी आइरहेका छन्”, उहाँले भन्नुभयो । चिसोमा डेङ्गु सार्ने लामखुट्टेको उत्पादन र वृद्धि विकास कम हुने हुनाले सङ्क्रमण कम हुँदै गएको महाकाली अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा अर्जुन भट्टले बताउनुभयो । स्वास्थ्य कार्यालयले समुदाय स्तरमा लामखुट्टेको खोजी र नष्ट अभियान चलाएकाले पनि सङ्क्रमणमा कमी आएको उहाँले बताउनुभयो । महाकाली अस्पतालमा पछिल्लो समय डेङ्गुका बिरामी फाट्टफुट्ट आउने गरेका छन् ।  उहाँले भन्नुभयो, “दम, ...

वायु प्रदूषण कम गर्न प्रदूषण जाँच गरी मापदण्ड पूरा गरेर मात्र सवारी चलाउन आग्रह

अपत्यारिलो, राष्ट्रिय
काठमाडौं- वन तथा वातावरण विभागले सवारी धनीलाई प्रदूषण जाँच गरी मापदण्ड पूरा गरेर मात्र गाडी चलाउन आग्रह गरेको छ। विभागले आज एक सूचना प्रकाशित गरी वायु प्रदूषणको मुख्य कारण गाडीबाट निस्कने धुवाँ र खुलारुपमा जलाउने फोहर रहेको भन्दै प्रदूषण जाँच गरेर मात्र सवारी साधन चलाउन आग्रह गरेको हो। अबका दिनमा विभागले गाडीको धुवाँ निस्कासनको अवस्थाबारे परीक्षणलाई प्रभावकारी बनाउनेसमेत विभागले जनाएको छ। पछिल्लो समय धुवाँ परीक्षण गर्दा मापदण्डभन्दा धेरै प्रदूषण गराइरहेका गाडी फेला परेका छन्। एक पटकको लागि मर्मत गरी अवस्था दुरुस्त राख्न दिने गरेकोमा अब पुस १ गतेदेखि विभागको परीक्षणमा प्रदूषण जाँच पास हुन नसक्ने गाडीलाई रु एक लाखसम्म जरिवाना गर्ने विभागले चेतावनी दिएको छ। कैफियत भेटिएमा वातावरण संरक्षण ऐन–२०७६ को दफा ४१ उपदफा २ अनुसार जरिबाना हुने सूचनामा उल्लेख छ। छड्के जाँचमा प्रदूषण जाँचपासको रुपमा...

एमआरआई सेवा सुरु गर्दै भरतपुर अस्पताल

अपत्यारिलो, ताजाखबर, राष्ट्रिय
चितवनस्थित भरतपुर अस्पतालले एमआरआई सेवा सुरु गर्ने तयारी गरेको छ। बिरामीको आवश्यकता र सहज पहुँचका लागि अस्पतालले एमआरआई सेवा सुरु गर्ने तयारी गरेको हो। एमआरआई उपकरण खरिद गर्न २५ करोड बजेट बिनियोजन भएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्राडा कृष्णप्रसाद पौडेलले जानकारी दिए। हाल उपकरण खरिदका लागि टेण्डर प्रक्रियामा रहेको छ। आगामी असारसम्ममा उपकरण खरिद गरिने र त्यसको केही महिनामै सेवा सुरु गर्ने तयारी रहेको उनले बताए। हाल एमआरआई सेवा चाहिने बिरामीहरुलाई रिफर गर्नुपर्ने अस्पतालको बाध्यता छ। सरकारी अस्पतालमै एमआरआई सेवा सुरु भएपछि गरिब तथा विपन्न बिरामीहरुलाई राहत मिल्ने उनले बताए। ‘अहिले एमआरआई गर्नुपर्ने बिरामीहरुलाई बाहिर रिफर गर्नुपर्ने हाम्रो बाध्यता छ। यो सेवा सुरु भएपछि बिरामीले सर्वसुलभ सेवा पाउँछ। बाहिर १४ हजार जति शुल्क पर्नेमा यहाँ सुरु भएपनि १० हजार जतिमा हुन्छ।’ उनले भने। ...

झाँक्रीले उपचारको बहानामा अगुल्टो मुखमा झोस्दा एक युवा गम्भीर घाइते

अपत्यारिलो, ताजाखबर, राष्ट्रिय
नवलपरासीपूर्वको कावासोती नगरपालिका-१ कोइलापानीमा उपचारको बाहानामा झाँक्रीले अगुल्टोले मुखमा झोस्दा एक युवा गम्भीर घाइते भएका छन्। सामाजिक सञ्जालमा उपचारको बहानामा झाँक्रीले अगुल्टो मुखमा झोस्दा एक युवा गम्भीर घाइते भएको भिडिओ भाइरल भएको नौ दिनपछि घटना बाहिर आएको हो। काठमाडौँ बसेर विभिन्न प्रतियोगितामा भाग लिँदै गरेका र्‍यापर समेत रहेका कावासोती-१ का २० वर्षीय मिलनजङ्ग कुँवर बिरामी भएर घर आएका थिए। उपचारका लागि परिवारले नौ दिनअघि घरमा झारफुक गर्न देवचुली-१२ का ४२ वर्षीय झाँक्री दीपक सार्कीलाई बोलाएको थियो। सार्कीले झारफुक गर्ने क्रममा अगुल्टोले मुखमा पटक-पटक झोस्दा कुँवर गम्भीर घाइते भएका हुन्। घाइते कुँवरको चितवनस्थित नयाँ मेडिकल कलेजमा उपचार भइरहेको परिवारले जनाएको छ। सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि शुक्रबार झाँक्रीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी...