मुख्य ब्यानर

एमाले निकट कर्मचारी संगठन अब महिला नेतृत्वले हाँक्ने

एमाले निकट कर्मचारी संगठन अब महिला नेतृत्वले हाँक्ने

मुख्य ब्यानर, राष्ट्रिय
काठमाडौं, ३ फागुन । निजामती कर्मचारी संगठनको अध्यक्षमा भवानी दाहाल चयन भएकी छिन् । काठमाडौं जारी महाधिवेशनबाट दाहाल सर्वसम्मत रूपमा अध्यक्ष चयन भएकी हुन् ।यसैगरी, वरिष्ठ उपाध्यक्षमा रेवन्त गौतम र प्रभास शाह, अन्य केन्द्रिय उपाध्यक्षहरूमा कृष्णबहादुर केसी, विष्णु अर्याल, युवाचन्द्र घिमिरे, विजयालक्ष्मी सुवेदी , कमला दाहाल रहेका छन । साथै, महासचिवमा रामचन्द्र  अधिकारी, उपमहासचिवमा वामदेव ओली र सूर्य कुवँर तथा कोषाध्यक्षमा यमकुमारी सापकोटा निर्बिरोध निर्वाचित भएका छन । नेकपा एमाले निकट कर्मचारी संगठनको महाधिवेसन गत माघ ३० उद्घाटन भए पनि फागुन १ मा सम्पन्न गर्नु पर्ने थियाे तर ४ दिन पछि अर्थात शनिवार मात्रै नयाँ नेतृत्व चयन भएको हो । सहमति कि निर्वाचन भन्ने बिबादका बिचमा ढिला गरी शनिवार नयाँ नेतृत्व चयन गरिएको हो । साे महाधिवेसनकाे उदघाटन प्रधानमन्त्री केपी शर्मा अाेलीले गरेक ाथिए । ...
अर्थमन्त्री थप उपचारका लागि जलन अस्पताल, किर्तिपुरमा

अर्थमन्त्री थप उपचारका लागि जलन अस्पताल, किर्तिपुरमा

मुख्य ब्यानर, राष्ट्रिय
काठमाडौं, ३ फागुन । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई थप उपचारका लागि कीर्तिपुरस्थित बर्न हस्पिटल लगिएको छ। पोखरा भ्रमण वर्ष घोषणा समारोह उद्घाटनका क्रममा बेलुन पडकिएर घाइते भएका अर्थमन्त्री विष्णुप्रसाद पौडेलको थप उपचारका लागि किर्तिपुरस्थित बर्न अस्पताल ल्याइएको हो । अर्थमन्त्री पौडेलको सचिवालयका अनुसार गण्डकी अस्पताल, पोखरामा प्रारम्भिक उपचार गरेर थप उपचारका लागि काठमाडौं अस्पताल ल्याइएको उनको सचिवालयले जनाएको छ ।  ...
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थमा एक महिनामा डेढ सय बढी अन्तर्राष्ट्रिय उडान

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थमा एक महिनामा डेढ सय बढी अन्तर्राष्ट्रिय उडान

ताजाखबर, मुख्य ब्यानर
काठमाडौँ- मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भएर एक महिनामा डेढ सयभन्दा बढी अन्तर्राष्ट्रिय उडान भएका छन् । यस क्रममा झण्डै पाँच हजार जनाले हवाई यात्रा गरेका छन् । गौतमबुद्ध विमानस्थलबाट गत कात्तिक १८ देखि मङ्सिर १८ गतेसम्म चार हजार सात सय ७१ यात्रुले सेवा लिएको उक्त विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार एक महिनाको अवधिमा फलाई दुबईले सर्वाधिक उडान भरेको छ । तर यात्रुका हिसाबले एक महिनामा जजिरा एयरवेजले सबैभन्दा धेरै तीन हजार ३४ यात्रुलाई सेवा दिएको छ । यस्तै फलाई दुबईले एक हजार एक सय १३ यात्रु भैरहवा ओरालेको र भैरहवाटबा १९ जनालाई दुबई लगेको तथ्याङ्क छ । गौतमबुद्ध विमानस्थलमा अन्तर्राष्ट्रियतर्फ एक महिनामा दुई हजार दुई सय ३८ यात्रु भैरहवाबाट विदेश उडेका छन् भने दुई हजार पाँच सय ३३ यात्रु भैर...
बिपी राजमार्गमा रोकिएका सवारी साधन वैकल्पिक बाटोबाट गन्तव्यतर्फ जाँदै

बिपी राजमार्गमा रोकिएका सवारी साधन वैकल्पिक बाटोबाट गन्तव्यतर्फ जाँदै

ताजाखबर, मुख्य ब्यानर, राष्ट्रिय
बाढीपहिरोका कारण अवरुद्ध भएको भकुण्डे–कानपुर–कोटतेमाल–पोखरी नारायणस्थान–मेच्छेपौवा सडक आजदेखि खुलेको छ । बाटो खुलेसँगै यातायातका साधन पनि सञ्चालन हुन थालेका छन् । यात्रुवाहक बसलाई पनि आजैदेखि सञ्चालनको अनुमति दिइएको तेमाल गाउँपालिका अध्यक्ष दलमान थोकरले बताउनुभयो । तेमाल गाउँपालिकाको सक्रियतामा मेच्छेपौवाबाट मैनाजाङ–सिन्दुरेटार–मुक्पाटार हुँदै सुनकोशी पुल भएर रामेछापको सुनापति गाउँपालिकाको मध्यपहाडी लोकमार्ग जोड्ने सडक पनि  सञ्चालन भएको उहाँले बताउनुभयो । उक्त सडकमा हाललाई हलुका सवारीसाधन मात्र सञ्चालनको अनुमति स्थानीय प्रशासनले दिएको छ । बिपी राजमार्गका विभिन्न खण्डमा अलपत्र परेका सवारीसाधनलाई वैकल्पिक मार्गबाट गन्तव्यसम्म पुर्‍याउने प्रयास भइरहेको मङ्गलटारस्थित इलाका प्रहरी कार्यालयका प्रमुख कृष्ण गिरीले बताउनुभयो बिपी राजमार्गमा फसेका सवारीसाधनमध्ये १३ वटा वैकल्पिक बाटोबाट  काठ...
आज आधिकांश स्थानमा  मौसम सफा रहने :मौसम विज्ञान विभाग

आज आधिकांश स्थानमा मौसम सफा रहने :मौसम विज्ञान विभाग

मुख्य ब्यानर, राष्ट्रिय
काठमाडौँ- देशभर मनसुनी वायुको प्रभावसँगै भारतको उत्तरपूर्वी मध्यप्रदेश र दक्षिण उत्तरप्रदेश आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहेको छ । विभागका अनुसार आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली र बाँकी भू–भागमा आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहने छ । कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानमा हुरीको चल्ने सम्भावना छ । यसैगरी आज राति कोशी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली र बाँकी ...
बैंकिङ कसूर तथा सजाय ऐन लाई संशोधन गर्ने  विधेयक माथि अर्थसमितिमा छलफल

बैंकिङ कसूर तथा सजाय ऐन लाई संशोधन गर्ने विधेयक माथि अर्थसमितिमा छलफल

मुख्य ब्यानर, राष्ट्रिय
काठमाडौँ– प्रतिनिधिसभा अन्तर्गतको अर्थसमितिको आजको बैठकमा बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक, २०८० माथि परेका संशोधन प्रस्तावमाथि छलफल भएको छ । उक्त विधेयकमाथि २० वटा संशोधन प्रस्ताव परेका छन् । सांसदहरु ज्ञानबहादुर शाही, ध्रुवबहादुर प्रधान, डा तोसिमा कार्की, रोशन कार्की, बिमला सुवेदी, दुर्गा राई, भगवती चौधरी, ठाकुरप्रसाद गैरे, दामोदर पौडेल बैरागीलगायतले संशोधन प्रस्ताव राख्नुभएको छ । त्यस्तै चन्द्रबहादुर विश्वकर्मा, सुमना श्रेष्ठ, अशोककुमार चौधरी, सुनिलकुमार शर्मा, पदम गिरी, महेशकुमार बतौला, सोविता गौतम, प्रेम सुवालको पनि संशोधन प्रस्ताव परेको छ । सांसदहरु सुशीला थिङ र रमा कोइराला पौडयाल तथा विद्या भट्टराई, ईश्वरी घर्ती, सरिता भुसाल, सरस्वती सुब्बा र दीपा शर्माले संयुक्त रुपमा संशोधन प्रस्ताव हाल्नुभएको छ । अर्थ समितिको आजको बैठकमा सांसदहरु दुर्गा राई, श्यामकुमा...
देशभर मनसुनी वायुको प्रभाव यथावत

देशभर मनसुनी वायुको प्रभाव यथावत

., मुख्य ब्यानर, राष्ट्रिय
काठमाडौँ। मनसुनी वायुले  देशभरमा  प्रभाव पारी नै रहेको  छ  । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही उत्तरतर्फ अवस्थित रहेको ले मौसमी बायु को प्रभाव रहेको  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा ले जनाएको  छ । विभागले जनाए अनुसार हाल देशभर आंशिकदेखि साधारणतया बदली भइरहेको छ  । बागमती प्रदेशका केही स्थान, मधेस प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने विभागको अनुमान छ । सबै प्रदेशका केही स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती, ग...
महिला भलिबल खेलाडीलाई जनही तीन लाख पुरस्कार

महिला भलिबल खेलाडीलाई जनही तीन लाख पुरस्कार

खेलकुद, मुख्य ब्यानर, राष्ट्रिय
 सरकारले हालै सम्पन्न काभा महिला नेसन्स लिग भलिबल प्रतियोगितामा उपविजेता बन्न सफल राष्ट्रिय महिला टोलीका खेलाडीलाई जनही तीन लाख रुपियाँ पुरस्कार दिने निर्णय गरेको छ । साउन ३१ गते बिहीबार बसेको मन्त्री परिषद्को बैठकले टोलीका १४ जना खेलाडीलाई जनही तीन लाख, मुख्य प्रशिक्षकलाई दुई लाख तथा सहायक प्रशिक्षक, व्यवस्थापक र फिजियोलाई जनही एक लाख २० हजार रुपियाँ पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।  साउन १७ गते देखि २३ गतेसम्म भएको प्रतियोगिताको लिग चरणमा नेपालले श्रीलङ्काका, माल्दिभ्स र भारतलाई पराजित गरेको थियो । यस्तै सेमिफाइनलमा इरानलाई हराएको नेपाल फाइनलमा भारतसँग ३–२ ले पराजित भएको थियो । प्रतियोगितामा सहभागी अर्को टोली माल्दिभ्स लिग चरणबाट बाहिरिएको थियो । ...
युक्रेनी आक्रमण रोक्न रुसको नयाँ अभियान सुरु

युक्रेनी आक्रमण रोक्न रुसको नयाँ अभियान सुरु

अन्तराष्ट्रिय, मुख्य ब्यानर
रुस र युक्रेनबिचको द्वन्द्वमा कियभको सबैभन्दा ठुलो आक्रमण रोक्न मस्कोले शनिबार युक्रेनसँग जोडिएका तीन सीमावर्ती क्षेत्रमा “आतङ्कवाद विरोधी अभियान” सुरु गरेको छ । विश्लेषकले युक्रेनीहरूले मङ्गलबार रुसको पश्चिमी कुर्स्क क्षेत्रमा आक्रमण गरेको र निरन्तर अघि बढ्ने क्रममा रहेको बताएका छन् । रुसले यस प्रक्रियालाई रोक्नका लागि ट्याङ्क रकेट लन्चुर र उड्डयन एकाइसहित अतिरिक्त सेना र उपकरणहरू सिमाक्षेत्रमा तैनाथ गरेको छ । रुसको आतङ्कवाद विरोधी समितिले शुक्रबार  बेलगोरोड, ब्रायन्स्क र कुर्स्क क्षेत्रमा आतङ्कवाद विरोधी अपरेसन बाट नागरिकको सुरक्षा सुनिश्चित गरी युक्रेनी खतरालाई नियन्त्रण गर्ने जनाएको छ ।  अभियान सुरु गरिएका क्षेत्रमा आगमन प्रतिबन्धित गरिएको, फोन कलहरूमा निगरानी गरिएको छ र यी क्षेत्रलाई “नो–गो जोन“ घोषणा गरी प्रमुख पूर्वाधारमा सुरक्षा कडा गरिएको छ । आतङ्कवाद विरोधी समितिले...
शिवपुरीमा हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

शिवपुरीमा हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

मुख्य ब्यानर, राष्ट्रिय
काठमाडौँबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको ९एन एजेडी हेलिकप्टर नुवाकोटको शिवपुरी डाँडामा दुर्घटना भएको छ ।नुवाकोट शिवपुरी ७ सुइरेचौर (सुर्याचौर) नजिकै रुखमा ठोक्किएर हेलिकोप्टर दुर्घटना भएको थियो ।  पाँच जना सवार रहेको एयर डाइनेस्टीको हेलिकप्टर लाइ क्याप्टेन अरुण मल्लले उडाएको थिए भने अन्य चार जना चिनियाँ पर्यटक  सवार थिए ।  हेलिकप्टर बुधबार दिउँसो १ बजेर १४ मिनेटमा काठमाडौँबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको थियो ।पाचै जनाको मृत्यु भएको र  सबै जनाको  शव फेला परिसकेको प्रहरी कार्यालय ले जनाएको छ । मृत्यु हुने चिनियाँ पर्यटकमा जुदाड टाङ (पुरुष), जी लि (पुरुष), यियाद वु –महिला) र जेमिङ सी (पुरुष) रहेका छन् । ...