स्थानीय

बुढानिलकण्ठमा चौथो रोजगार तथा वृति मेला शुरु, भोलि पनि सयौ पदमा आवेदन दिन सकिने ….

स्थानीय
  बुढानिलकण्ठमा चौथो रोजगार तथा वृति मेला शुरु, भोलि पनि सयौ पदमा आवेदन दिन सकिने .... काठमाण्डौ ,फागुन २। बुढानिलकण्ठ नगरपालिकाको आयोजनामा भएको चौथो रोजगार तथा वृति मेला शुरु भएको छ। नेपाल सरकारका शिक्षा तथा बिज्ञान प्रविधि मन्त्री बिध्या भट्टराईको प्रमुख आतिथ्यतामा भएको सो मेलाको पहिलो दिन विभिन्न रोजगार दाताहरुको स्टलमा आएर सयौ नगरवासीले रोजगारका लागि आवेदन दिएका छन। नगरपालिका भित्र संचालनमा रहेका विभिन्न व्यवसायिक संस्था तथा रोजगारदाताहरुले राखेको स्टलमा र अनलाइन मार्फत आवेदन दिएका बेरोजगार नगरवासीहरुलाई रोजगार दिने तयारी गरिएको छ भने भोलि फागुन ३ गते सनिवार पनि इच्छुक बेरोजगार नगरवासीले ९ बजे पछी नगर कार्यालय परिसरमा आएर आवेदन दिन सक्ने नगरपालिकाले जानकारी दिएको छ। बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीको अध्यक्षतामा भएको रोजगार मेलाको उदघाटन समारोहमा शिक्ष...
देशभर विवाह पञ्चमी पर्व  श्रीरामचन्द्र र सीताको पूजा आराधनासहित मनाइँदै

देशभर विवाह पञ्चमी पर्व श्रीरामचन्द्र र सीताको पूजा आराधनासहित मनाइँदै

., स्थानीय
काठमाडौँ। प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज देशभर श्रीरामचन्द्र र सीताको पूजा आराधनासहित प्रतीकात्मक रूपमा विवाह गरिदिएर मनाइँदैछ । त्रेतायुगमा आज अर्थात् मार्गशीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज देशभर राम–सीताको पूजा आराधना गरी यो पर्व मनाउन लागिएको हो । मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान् सीता र रामको विवाह महोत्सव आज विधिपूर्वक हुँदैछ । गोस्वामी तुलसीदासले रामायणमा वर्णन गर्नुभएअनुसार जनकनन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यस पर्वलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन् । त्रेतायुगमा मिथिलाका राजा जनकले आफ्नी छोरी सीताको स्वयंवरका लागि राखिएको शिवधनुषलाई अयोध्याका राजा दशरथका जेठा छोरा रामले तीन टुक्रा पार्नुभयो । शिवधनुषलाई भाँचेपछि मार्गशीर्ष शुक्ल पञ्चमीका दिन राम र सीताको भव्य समारोहबीच वि...
आज कोशी र बागमती प्रदेशका पहाडी भागमा आंशिक बदली हुने

आज कोशी र बागमती प्रदेशका पहाडी भागमा आंशिक बदली हुने

राष्ट्रिय, स्थानीय
काठमाडौँ- हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा कोशी र बागमती प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । साथै गण्डकी र लुम्बिनी प्रदेशका पहाडी,तराई र उपत्यकाका केही स्थानमा हुस्सु लागेको छ । विभागका अनुसार आज दिउँसो कोशी, गण्डकी, बागमती र लुम्बिनी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी प्रदेशको पहाडी भागको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । त्यसैगरी, आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सफा रहने छ । आगामी २४ घण्टामा कोशी प्रदेशका पहाडी भागका एक-दुई स्थानमा हल्का वर्षाको साथै शनिबार बिहान तराई तथा उपत्यका धेरै स्थानहरूमा हुस्सु साथै केही स्थानहरुमा कुहिरोको सम्भावना रहेको जनाउँदै विभागले त्यसबाट दैनिक जनजी...
अपाङ्तामैत्री शब्दावली प्रयोगमा जोड

अपाङ्तामैत्री शब्दावली प्रयोगमा जोड

स्थानीय
काठमाडौँ, मङ्सिर १९ गते ।अपाङ्गता भएका व्यक्तिहरुको सन्दर्भमा प्रकाशित समाचार, लेख, रचनाहरुमध्ये ४० प्रतिसतमा शब्दहरु अपाङ्गतामैत्री नभएको सर्वेक्षणले देखाएको छ ।बौद्धिक अपाङ्गता अभिभावक सङ्घले सन् २०२३ जनवरीदेखि डिसेम्वर महिनासम्म विभिन्न राष्ट्रिय दैनिकहरुलगायत सञ्चारमाध्यममा प्रकाशित प्रसारित समाचार र लेख रचनाहरुको सम्वन्धमा गरेको अनुगमन सर्वेक्षण रिपोर्टमा ६० प्रतिसत अपाङ्गतामैत्री र ४० प्रतिसतमा अपाङ्तामैत्री शब्दावली प्रयोग नभएको पाईएको हो । सो सङ्घद्वारा बुधवार राजधानीमा आयोजित “मानव अधिकार र अपाङ्गतामैत्री सञ्चार नीतिको दृष्टिकोणबाट राष्ट्रिय स्तरको मिडियामा प्रकासित बौद्धिक अपाङ्गता भएका व्यक्तिहरु सम्वन्धी समाचार रिपोर्ट” सार्वजनिक गर्दै सो कुराको जानकारी दिइएको हो ।विष्णु विडारीले सो रिपोर्टबारे जानकारी दिंदै अपाङ्गता भएका व्यक्तिबारे लेखिने सामाचारमध्ये ४२ प्रतिसत शिक्षा सम्...
पशुपतिनाथ मन्दिर परिसरको वाग्मती किनारमा श्राद्ध गर्नेहरुको घुइँचो

पशुपतिनाथ मन्दिर परिसरको वाग्मती किनारमा श्राद्ध गर्नेहरुको घुइँचो

मुख्य खबर, राष्ट्रिय, स्थानीय
प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ गरिँदैछ ।प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपराह्नकालमा गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवं धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईले जानकारी दिनुभयो । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यसलाई सोह्रश्राद्ध भनिएको हो । यो समयलाई अपर, प्रेत पक्ष आदि नामले पनि बुझिन्छ । चाडपर्व यज्ञयागादि तथा ठूलाकार्य गर्नु अघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो । यस समयमा पितृले आश गरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ । यसरी सोह्रश्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दायित्वबोध पूरा हुनाका साथै पितृऋणब...
काठमाडौंको एसिया प्यासिफिक स्कूल विभिन्न अवार्डबाट सम्मानित

काठमाडौंको एसिया प्यासिफिक स्कूल विभिन्न अवार्डबाट सम्मानित

स्थानीय
विद्यालय सञ्चालनको छोटो समयमै राष्ट्रिय अन्तराष्ट्रिय अवार्डहरु जितिसकेको काठमाडौंको एसिया प्यासिफिक स्कूल पोखरामा सम्पन्न भएको नमुना संयुक्त राष्ट्रसंघको प्रदेशस्तरीय सम्मेलनमा विभिन्न अवार्डहरूबाट सम्मानित भएको छ । यही भदौ ८, ९ र १० गते भएको उक्त सम्मेलनमा गण्डकी र वाग्मती प्रदेशका विभिन्न विद्यालयहरूको सहभागिता रहेको थियो । विद्यार्थीहरूको बौद्धिक र नेतृत्व क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको आयोजक संस्था ग्लोबल हेल्प फाउन्डेसनका अध्यक्ष सञ्जीव भट्टराईले बताए । पोखरा विश्वविद्यालयका उपकुलपति प्रेम नारायण अर्यालले सम्मेलनको उद्‌घाटन गर्दै यस्ता सम्मेलनले विद्यार्थीको प्रतिभा तिखारिदै जाने र अन्तराष्ट्रिय जगतमा प्रतिस्पर्धा गर्न सक्ने सक्षम जनशक्ति तयार हुने धारणा व्यक्त गरे । पोखराका विभिन्न नगरपालिकाका मेयर वडा अध्यक्षहरु र अन्य शैक्षिक व्यक्त्विहरूको उपस्थिति ...
बाराको जीतपुरसिमराका बस्ती तथा टोल डुबानमा, धेरै मात्रामा भौतिक क्षति

बाराको जीतपुरसिमराका बस्ती तथा टोल डुबानमा, धेरै मात्रामा भौतिक क्षति

राष्ट्रिय, स्थानीय
बारा- अविरल वर्षाले गर्दा आएको बाढीले जीतपुरसिमरामा एक घर र कार बगाउनुका साथै पूरै बस्तीमा क्षति पुर्‍याएको छ ।वर्षासँगै आएको बाढी बस्तीमा पसेपछि बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ शान्तिटोलमा भाङ्ग्रे खोलाको बाढी बस्तीमा पसेको हो । स्थानीयले कारमा सबार यात्रुको उद्दार गरेका छन् । त्यसैगरी जीतपुरसिमरा उपमहानगरपालिका-५ स्थित खाल्का टोल डुबानमा परेको छ ।अत्यधिक वर्षापछि आएको बाढीले सयौं घर रहेको बस्ती डुबानमा परेको हो । बस्ती डुबानमा परे पनि मानवीय क्षति भने भएको छैन  ।वर्षाले सोही वडामा रहेको सशस्त्र प्रहरीको बेस क्याम्प, स्वास्थ्य चौकी समेत डुबानमा परेको छ । अबिरल बर्षासंगै आएको बाढीले जीतपुरसिमराको सिमरा बजार, एयरपोर्ट रोड, पावर हाउस, नरबस्ती, बजनी जलमग्न बनेको छ । वर्षा रोकिएपछि बजार क्षेत्रमा आएको बाढी घटेको छ ।बर्षाले सडक जलमग्न भएपछि विद्यालयले आकस्मिक सूचना जारी गर्दै विद्...
सुदूरपश्चिमको मौलिक गौरा पर्व आज बाट सुरु

सुदूरपश्चिमको मौलिक गौरा पर्व आज बाट सुरु

राष्ट्रिय, स्थानीय
कञ्चनपुर- सुदूरपश्चिमको मौलिक पर्व गौरा आजदेखि विधिवत् रुपमा सुरु भएको छ । भाद्र शुक्ल पक्ष पञ्चमीदेखि सुरु हुने पर्वको आज पहिलो दिन घर–घरमा बिरुडा राखेर मनाइँदै छ । आजको दिनलाई बिरुडा पञ्चमी समेत भनिन्छ । आज ब्रतालु महिलाले घरमा ‘बिरुडा’ (पाँच प्रकारका अन्न तथा गेडागुडी) भिजाएर गौराको सुरुवात गर्ने चलन छ । तामाको भाँडोलाई गाईको गोबरले लिपेर दुबो, अक्षताले शृङ्गारी त्यसभित्र पञ्च अन्न (मास, कलौँ, गहत, गहुँ र गुरुस) भिजाएर बिरुडा बनाउने चलन छ । बिरुडालाई गौरीको प्रसादका रुपमा लिइन्छ । गौरादेवीको पुजाआजामा पनि बिरुडाको प्रयोग गरिन्छ ।पुत्रदा एकादशीको व्रत बसिसकेपछि भदौको बिरुडा पञ्चमीदेखि गौरा पर्व विधिवत् रुपमा सुरु हुने गर्दछ । एक महिना अघिदेखि नै शुद्ध साकाहार र बह्मचार्यको पालना गरी बिरुडा पञ्चमीका दिन महिलाहरुले मास, कलौँ, गहत, गहुँ र गुरुस मिलाएर तामाको भाडामा भिजाउने गरिन्छ र  बिरु...
बालविवाहको समस्या गम्भीर बन्दै,भविष्यमा खतरा हुन सक्ने बिज्ञहरुको अनुमान

बालविवाहको समस्या गम्भीर बन्दै,भविष्यमा खतरा हुन सक्ने बिज्ञहरुको अनुमान

जनजीबन, स्थानीय
काठमाडौँ । कानूनले २० वर्ष नपुगी विवाह गर्न निषेध गरे पनि देशमा कम उमेरमै घरजम गर्नेको संख्या ठूलो रहेको तथ्यांकले देखाएको छ । राष्ट्रिय जनगणना, २०७८ को बालबालिका सम्बन्धी तथ्यांकीय प्रतिवेदनले ७४ हजार २७२ जनाले १० देखि १७ वर्षको उमेरमै विवाह गरेको देखाएको हो । यसले देशमा बालविवाहको समस्या गम्भीर रहेको देखाएको छ । तथ्यांकअनुसार २० देखि २४ वर्ष उमेर पुगेका विवाहित बालबालिकालाई सोधिएको विवाहको उमेर सम्बन्धी प्रश्नअनुसार १४.१ प्रतिशत उत्तरदाताले आफ्नो विवाह १८ वर्ष नपुग्दै भएको उत्तर दिएका छन् । जसमध्ये २१.९ प्रतिशत बालिका छन् । यसले प्रत्येक पाँचमध्ये एक बालिकाको १८ वर्षको उमेर नपुग्दै विवाह भइरहेको देखिएको छ । बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)को आयोजना तथा सेभ द चिल्ड्रेन र प्लान इन्टरनेशनलको सहयोगमा आयोजना गरेको 'बालबिवाह अन्त्य सम्बन्धी भए गरेको प्रयास र आगामी योजना'बारे...
सप्तरीमा ट्याङ्करको ठक्करबाट दुई जनाको मृत्यु

सप्तरीमा ट्याङ्करको ठक्करबाट दुई जनाको मृत्यु

मुख्य खबर, स्थानीय
सप्तरीको पूर्वपश्चिम लोकमार्ग अन्तर्गत कन्चनरुप नगरपालिका १० बदगमामा शुक्रबार तेल बोक्ने ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको घटना स्थलमै एक र एक जनाको अस्पतालमा मृत्यु भएको छ । यसरी दुर्घटनामा मृत्यु हुनेमा सुनसरीको हरिनगरा गाउँपालिका वडा नम्बर ३  का ४१ वर्षिय महेश कुमार मेहताको मृत्यु भएको हो । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको नेपाल आयल निगमको को १ ख ७४१४ नम्बरको ट्याङ्करले विपरीत दिशाबाट आउंँदै गरेको प्र १–०२–०४७ प १२८० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको घटना स्थलमै मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकलको पछाडि सवार सुनसरी हरिनगरा गाउँपालिका ३ का ४२ वर्षीय जय प्रकाश मेहता गम्भीर घाईते भई गजेन्द्र नारायण सिंह अस्पताल राजविराज पठाएको अबस्था ईसीजी गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सुचना अधिकारी डुण्डीराज न्यौपाने सञ्चारकर्मी...