बौडेश्वर माध्यमिक बिद्यालयका पुर्व विद्यार्थी समूह द्वारा छात्रवृत्ति प्रदान

पुर्व विद्यार्थी समूह द्वारा श्री बौडेश्वर माध्यमिक बिद्यालय,टोखामा अध्ययनरत विद्यार्थी भाईबहिनीहरुलाई  छात्रवृत्ति प्रदान गरिएको छ । बिद्यालयमा प्रशासन बाट छनौट भएका  बिपन्न तथा गरिब परिवारका जेहेन्दार ५ जना भाईबहिनीहरुलाई  १ बर्षे छात्रवृत्ति प्रदान गरिएको हो ।

बौडेश्वर माध्यमिक बिद्यालय बाट  २०६० साल मा एस एल सी दिएका ब्याच ६० का  भुतपुर्ब बिधार्थीहरुले  ३० हजार रुपैया बराबर को सहयोग गरेका  छन । २५ जना भुतपुर्ब  बिद्यार्थीहरु बाट संकलित रकमले हाल विभिन्न कक्षामा  अध्यनरत  ५ जना बिद्यार्थी लाइ  छात्रवृत्ति सहयोग गरिएको थियो । छात्रवृत्ति  सहयोग पाउने बिद्यार्थीहरुमा  भूमिका ढुंगाना (कक्षा ३ ), युनिसा राइ (कक्षा६ ) ,डेनी डंगोल (कक्षा ६ ) ,जेनिशा लामा(कक्षा ८ ) , निरोज भुजेल(कक्षा ९ )  रहेका छन् । छात्रवृत्ति  स्वरूप परीक्षा शुल्क  लगाएत भौतिक सामग्री हरुमा स्कुल झोला ,कालो र  सेतो जुत्ता  ,कापी, पेन्सिल ,कलम ,इरेजर, कटर, जिओमेत्री बक्स  ,टाई बेल्ट ,डाएरी ,कम्पुटर किताब  आदि सम्बन्धित अभिभावक लाई हस्तान्तरण गरि सहयोग गरिएको  थियो  ।

बौडेश्वर माध्यमिक बिद्यालयमा आयोजित कार्यक्रममा पूर्व बिद्यार्थी हरुले यसरी सहयोग गरेकोमा  धेरै राम्रो काम गरेको  भन्दै  आफु धेरै  खुसि रहेको कुरा पूर्व प्रधानाध्यापक गोबिन्द प्रसाद  दुलालले  ब्यक्त गर्नु भयो।  बिपन्न तथा गरिब  छात्र छात्रा लाइ यस्ता सहयोगले धेरै उत्साह थप्ने काम गरेको भन्दै  सहायक  प्रधानाध्यापक रुपक सापकोटाले  पूर्व बिधार्थीहरु प्रति धेरै धन्यबाद प्रकट गर्नु भयो ।

पूर्व बिधार्थी सुमन  धितालले बिपन्न तथा जेहेन्दार बिधार्थीहरु लाइ सहयोग गर्न पाएकोमा भुतपुर्ब बिद्यार्थी समूह निकै खुसि भएको र आगामी दिन मा  पनि सहयोग जारि रहने तथा आज छात्र वृत्ति पाउने मध्ये २ जना ले प्लस टु सम्मको अध्यनका लागि  छात्रवृत्ति पाउने कुरा जानकारी गराउनु भयो ।