तीन दिवसिय कार्यक्रम सहित बज्रयोगिनी योग साधना केन्द्रको वार्षिकोत्सब भव्य रुपमा सम्पन्न

बज्रयोगिनी योग साधना केन्द्रको वार्षिकोत्सब भव्य रुपमा सम्पन्न भएको छ । तीन दिवसिय कार्यक्रमको आयोजना गरिएकोमा पहिलो दिनको कार्यक्रम योग जागरण र रक्तदान गर्न उत्प्रेरित गर्नका साथै दसौं अतर्राष्ट्रिय योग दिवसको उपलक्ष्यमा गरिएको प्रभातफेरि ता. न .पा  पतंजली योग समितिका अध्यक्ष चन्द्र सापकोटाबाट शुभारम्भ भएको थियो ।उक्त प्रभातफेरीमा सातवटा योग साधना केन्द्रका साधाक साधिका स्थानीयवासी स्थानीय प्रहरी , संचारकर्मीहरु उपस्तिथिमा भव्य रुपमा सम्पन्न भएको हो  ।
दोस्रो दिनको कार्यक्रम अन्तरगत असार ७ गते वार्षिकोत्सबका दिन ता.न.पा ४ को वडा सदस्य बिन्दु थापा सापकोटाको प्रमुख आतिथ्यमा योग अभ्यास, योग आसन खेलकुद , रचना वाचन , योग र दर्शनको प्रवचन , साथमा विभिन्न विशिष्ट व्यक्तिहरुको शुभकामनाकासाथ सम्पन्नभएको हो ।

तेस्रो दिनको असार ८ को कार्यक्रम अन्तरगत वृहत् रक्तदानको आयोजना गरिएकोमा तारकेश्र्वर न पा वडा न, ४ का वडा अध्यक्ष नरेन्द्रदास श्रेष्ठको प्रमुख आतिथ्यतामा शुभारम्भ भएको कार्यक्रममा झन्डै १००जना रक्तदाता बाट रगत संकलन गरियो ।

अन्त्यमा तीन दिने कार्यक्रम मा  विभिन्न बिधामा भाग लिने सहभागीहरु ,रक्तदान गर्ने रक्तदाता हरु , वार्षिकोत्सब भव्य बनाउन सहयोगगर्ने महानुभावहरु लाई प्रशंसा पत्र ,सम्मान पत्र प्रदान गर्दै समापन गरियो ।

तीन दिवसीय कार्यक्रमका कार्यक्रम सन्चालक राजेन्द्र घिमिरे सागरले हामिले गरेको यो कार्यक्रमले योग जागरणमा र रक्तदान गर्नमा देशव्यापी रुपमा उत्साह हुने बिश्वास रहेको जानकारी गराउदै हाम्रो कार्यक्रमलाई समाचार बनाई प्रकाशित गरिरहनु हुने सबै सन्चरगृह र सन्चारकर्मीहरुमा हार्दिक आभार हाम्रो कार्यक्रममा सहभागिपतंजली योग समिती काठमाडौ जिल्ला ,तारकेश्र्वर नगर ,लगायत सबै साधाना केन्द्रबाट सहभागी साधक साधिकाहरु लगायत अन्य सबै दिव्य आत्या हरुमा दिए।अध्यक्ष सुमन थापा हामी सत् कर्म मा निरन्त लागिरहेकाले  हाम्रो परिचय हाम्रो गतिविधिले गराउने कुरा बताउदै कार्यक्रम सफल बानाउने सबैलाई धन्यवाद ज्ञापन गरे।