टोखा -१ का ३७ किसानलाई उन्नत सयपत्रीको बिरुवा बितरण

स्वदेशी सयपत्री अभियानका अभियन्ता समाज सेवी श्री सुमन कुमार धिताल द्वारा यस वडा करिब ३७ जना किसानहरुलाई ७००० उन्नत सयपत्रीका बिरुवा बितरण गरिएको छ।
करोडौंका भारतीय फुलको प्रतिस्थापनका लागि चितवनबाट सुरुगरिएको यो अभियान काठमाडौंमा पनि सुरु गरिएको जानकारी प्राप्त भएको छ।

उक्त बिरुवा बितरण कार्यक्रममा चितवन सयपत्री अभियान्ता जिता बराल र टोखा नगरपालिका-६ को महिला उद्धमी शान्ता के शिको पनि उपस्थिति रहेको थियो।
स्वदेशी फुल उत्पादन र खपद गरि नेपाली श्रमको सम्मान गर्दै, बर्सेनि करोडौ रुपैया भारत जानबाट रोक्न सकिने जानकारी अभियान्ता जिता बरालले बताउनु भयो।

सयपत्री अभियान्ता सुमन कुमार धितालले यस पाली यस वडामा यो परिक्षण गरिने अर्को बर्ष व्यावसायिक उत्पानमा जोड दिईने र युवालाई सयपत्री संगै अन्य फुल १२ महिना उत्पादनका लागि प्राबिधिक सहित अन्य सहयोग गरिने जानकारी गराउनु भयो।