त्रिशुली वाङ्मय प्रतिष्ठानको आयोजना शारदीय काव्य उत्सव सम्पन्न ।

त्रिशुली वाङ्मय प्रतिष्ठानको आयोजना र कौशला लामिछानेस्मृति कोषको सहकार्यमा शारदीय काव्य उत्सव २०८१,  सम्पन्न भएको छ । कौसला लामिछानेको गजल सङ्ग्रह मनोभाव सार्वजनिकीकरण एबं सम्मान तथा रचना वाचनको कार्यक्रमलाइ   प्रतिष्ठानका अध्यक्ष आर.एम. डङ्गोलज्युले  अध्यक्षता गर्नु भएको  थियो ।

काठमाडौंको सिनामंगल स्थित एपेक्स बिजनेस होटलमा भएको कार्यक्रममा प्रा. डा. जगमान गुरुङज्युको प्रमुख आतिथ्यता   साथै  वरिष्ठ साहित्यकार भागिरथी श्रेष्ठ ,कौशला स्मृति कोषका अध्यक्ष श्रीहरी फुयाँल,  टानका अध्यक्ष एबं पर्यटन व्यावसायी सागर पाण्डेको विशिष्ट आतिथ्यतामा कार्यक्रम भव्य र  सभ्य  रुपमा सम्पन भएको थियो ।

उक्त कार्यक्रमा २५ जना अतिथि कविज्युहरुले आफ्नो सिर्जना वाचन गर्नु भएको थियो। पुर्व झापादेखि पश्चिम दार्चुला र तराईको सर्लाहीदेखि उत्तर सोलुखुम्बुका साथै देशका विभिन्न जिल्लाबाट  समेत कविहरुलाई आमन्त्रण गरिएको थियो । अत्यन्तै रोचक बनेको कार्यक्रमको सञ्चालन संस्थाको सचीव श्री लक्ष्मी रुम्वाले गरेकी थिइन ।संस्थाको महासचिव राजेन्द्र घिमिरे सागरले स्वागत मन्तव्य र उपाध्यक्ष राजेन्द्रमान डङ्गोलले धन्यवाद ज्ञापन मन्तब्य दिएका थिए ।
सो अबसरमा नबनिर्वाचित टानका अध्यक्ष श्री सागर पाण्डेलाई सम्मान गरिएको थियो । उक्त कार्यक्रममा हरिकृष्ण धिताल,गणेशबाबू अधिकारी,कल्पना भुषाल,पवन मिश्र ,छबिरमण सिल्वाल,राजेन्द्रप्रसाद भट्ट , रेणु अधिकारी मौनता,शुसिला पौडेल,सुनिल अधिकारी,निलन्जना भारद्वाज लगायत २५ जना सर्जकले सृजना वाचन गरेका थिए ।कार्यक्रमका प्रमुख अतिथी प्रा.डा.जगमान गुरुङ्गले दशैको सामाजिक,धार्मिक,आर्थिक बिषयमा प्रस्टाएका थिए ।