घुम्ने हैन त काठमाडौंका पार्कहरु ? (फोटो फिचर)

काठमाडौं । धुलो धुँवा भीडभाड र कोलाहलपूर्ण काठमाडौंमा सुन्दर र शान्त अनि खुला ठाउँ कहाँ होला ? धेरैलाई काठमाडौं शहर घुम्दा यस्तै लाग्छ । तर काठमाडौंमा थोरै भए पनि यस्ता सुन्दर र शान्त अनि खुला ठाउँ छन् ।

२०७२ सालको विनाशकारी भूकम्पपछि राजधानीमा खुला ठाँउको महत्व बढेको छ । सरकारी र निजी क्षेत्र शहरका खुला ठाउँ संरक्षण गर्न र पार्क व्यवस्थित गर्न लागेका छन् । पार्कमा घुम्ने संस्कृति पछिल्लो समय बढ्दै गइरहेको छ ।

भागदौडपूर्ण व्यस्त दिनचर्याबाट केही समय छुट्याएर आजकलका राजधानीवासी घुम्न निस्कन्छन् । लामो बिदामा टाढा घुम्न जाने संस्कृति विकास भएको छ भने छोटो फुर्सदमा पार्क तथा खुला ठाउँमा टहलिने धेरै भेटिन्छन् । हेर्नुहोस् काठमाडौंका खुला स्थानका केही तस्वीरहरु :

बालाजु बाइसधारा पार्क
शंखमुल पार्क।
रत्नपार्क ।
पुल्चोक ।
नक्शाल पार्क ।
मञ्जुश्री पार्क चोभार ।
गोदावरी
गगन वाटिका
भृकुटीमण्डप फनपार्क ।
स्वप्न बगैंचा ।
भृकुटीमण्डप ।