बिहेको ४ वर्षपछिको डिभोर्स, फोटोग्राफरलाई अनाहकको तनाव

जयराम न्यौपाने

बिहे गरेको ४ वर्षपछि डिभोर्स भएसँगै एक महिलाले आफ्नो बिहेमा तस्वीर खिच्न आएका फोटोग्राफरसँग त्यसबेला तिरेको शुल्क फिर्ता मागेकी छिन् । ती महिला र फोटोग्राफरबीच ह्वाट्सएपमा भएको च्याट संवादको स्क्रिन शट भाइरल बनिरहेको छ ।ती महिलाले फोन गरेर पैसा फिर्ता माग्दा सुरुमा त फोटोग्राफरलाई पत्यार लागेन । सायद उनले मजाक गरिरहेकी होलिन् भन्ने लाग्यो । तर महिलाले वास्तवमै रकम फिर्ता मागेकी थिइन् । तर आफूले काम गरेर लिएको भुक्तानी डिभोर्स भयो भन्दैमा फिर्ता गर्नुपर्ने कुनै कारण थिएन । त्यसैले फोटोग्राफरले अस्वीकार गरे । साथै उनले ह्वाट्सएप च्याटको स्क्रिनशट पनि ट्वीटरमा सार्वजनिक गरिदिए ।

लेन्स रोमियो नामको ट्वीटर अकाउन्टबा उनले महिलासँगको च्याट शेयर गरेका छन् । त्यसको क्याप्सनमा फोटोग्राफरले आफ्नो जिवन फिल्म जस्तै भएको बताएका छन् ।

यो घटना दक्षिण अफ्रिकाको डर्बानमा भएको हो । ती महिलाले च्याट संवादका क्रममा सन् २०१९ मा डर्बानमा भएको आफ्नो बिहेमा फोटोशूट गर्न आएको स्मरण गराउँदै हाल आफूले सम्बन्ध विच्छेद गरिसकेकोले ती तस्वीरहरु आफू र आफ्नो पूर्वपतिलाई आवश्यक नरहेको बताएकी छिन् । त्यसैले उतिबेला फोटोशूटका लागि तिरेको रकम फिर्ता दिन उनले आग्रह गरेकी छिन् ।

त्यसको जवाफमा फोटोग्राफर रोमियोले फोटोग्राफीको सेवा भनेको पैसा फिर्ता नहुने सेवा रहेको भन्दै तस्वीर तथा सेवा दिइसकेको हुँदा पैसा फिर्ता गर्न र तस्वीर फिर्ता लिन नसक्ने प्रष्ट पारेका छन्।

उक्त समाचार सार्वजनिक भएसँगै ती महिलाका पूर्वपतिले फोटोग्राफरसँग सम्पर्क गरेर माफी मागेको समाचारमा उल्लेख छ । फोटोग्राफरसँग बोल्दै महिलाका पूर्व पतिले उक्त घटनालाई शर्मनाक भन्दै आफुले खबर पढेको र पूर्व पत्नीको तर्फबाट माफी माग्न चाहेको बताए । एजेन्सीको सहयोगमा